
काठमाण्डु, १० असार – नेपाल टेलिकमको बबरमहलमा रहेको वायरलेस निर्देशनालयमा आगलागी भएको छ ।
मङगलबार करेन्ट सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ ।
सो घटनामा कम्प्युटर २५ थान, फर्निचर २५ थान, आल्मुनियमका पार्टसहरु र विभिन्न किसिमका सामानहरु जलेर करीव २ करोड रुपैयाँ बराबरको धनमाल क्षति भएको छ ।