गैँडाको खागसहित चार पक्राउ

काठमाण्डु टुडे २०७१ असार १० गते ९:१८ मा प्रकाशित

हेटौँडा, १० असार – केन्द्रीय अनुसन्धान ब्युरो काठमाडौँ र जिल्ला प्रहरी कार्यालय मकवानपुरको टोलीले मङगलबार बिहान हेटौँडा नगरपालिका वडा नं २ स्थित न्यू लोकप्रिय होटलबाट दुर्लभ वन्यजन्तु एकसिङ्गे गैँडाको एउटा खागसहित चार जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्ने अभियुक्तहरुमा बारा जिल्ला रतनपुर गाविस वडा नं ४ बस्ने २० वर्षीय इन्द्रबहादुर लामा, धादिङ जिल्ला किरानचोक गाविस वडा नं ८ बस्ने २७ वर्षीय किशोर बसेल, मकवानपुर बर्सामाडी गाविस वडा नं २ बस्ने २१ वर्षीय राजीव लामा र सोही गाविस वडा नं ६ बस्ने १७ वर्षीय सीताराम लामा रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यसैबीच अभियुक्तहरुलाई सार्वजनिक गरी आवश्यक कानुनी कारबाहीका लागि जिल्ला वन कार्यालय, मकवानपुरमा हस्तान्तरण गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गणेश ऐरले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us