
नुवाकोट, १० असार– त्रिशुली नदीमा गाग्रीमा पानी भर्न लाग्दा एक युवा बगेर बेपत्ता भएका छन् ।
पानी लिन जादाँ ढुङ्गामा चिप्लिएर रातमाटे २ का राजाराम खतिवडालाई त्रिशुलीले बगाएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी निरिक्षक सन्तोष आचार्यले बताए ।
धमिलो र पानीको बहाब बढेकाले खतिवडाको अबस्था पत्ता लाग्न सकेको छैन ।
हाल खतिवडाको प्रहरी र स्थानीयबासीले खोजीकार्य गरिरहेका छन् ।