पचासी वर्षको उमेरमा एसएलसी पास गर्ने राइटरबाजेको मृत्यु

काठमाण्डु टुडे २०७१ असार १० गते ४:५८ मा प्रकाशित

writerbajeसोलुखुम्बु, १० असार– विसं २०५७ मा ८५ वर्षको उमेरमा एसएलसी परीक्षा दिएर प्रथम श्रेणीमा उत्तीर्ण गरी पढ्नलाई उमेरले छेक्दैन भन्ने सन्देश दिएका ९९ वर्षीय राइटरबाजेको सोमबार साँझ निधन भएको छ ।

काँगेल–८ सोलुखुम्बु निवासी राइटरबाजेको नामले चिनिने बलबहादुर कार्की जीवनज्योति उच्चमावि नेलेमा कक्षा १० मा भर्ना भई विसं २०५७ को एसएलसी परीक्षामा सहभागी भएका थिए ।

दुई छोरा, चार छोरी, १८ नातिनातिना र ११ जना पनाति–पनातिना भएका कार्कीको हिजो आफ्नै निवास काँगेलमा निधन भएको हो ।

काँगेल विमानस्थलका लागि करिब १५० रोपनी जग्गा प्रदान गरेका कार्की ब्रिटिस सैनिकका तर्फबाट दोस्रो विश्वयुद्धमा सहभागी थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us