
पर्सा, १० असार – वीरगन्ज पथलैया सडकखण्डअन्तर्गत जितपुरमा गएराति मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ ।
मृत्यु हुनेमा गढीमाई नगरपालिका–७ का ६५ वर्षीय वाजुल हक रहेका छन् । सिमराबाट वीरगन्जतर्फ आउँदै गरेको ना३प ७३७१ मोटरसाइकलको ठक्करबाट घाइते भएका हकको वीरगन्जको नेसनल मेडिकल कलेजमा उपचारका क्रममा गएराति नै मृत्यु भएको पर्सा प्रहरीले जानकारी दिएको छ ।
मोटरसाइकल चालक मकवानपुर आमभञ्ज्याङ–१ बस्ने बलिराम अधिकारी प्रहरीको नियन्त्रणमा रहेको इलाका प्रहरी कार्यालय जितपुरका प्रहरी नायब निरीक्षक अरुणकुमार कुशवाहले जानकारी दिए ।