
काठमाण्ड, १० असार – एकीकृत नेकपा माओवादी वरिष्ठ नेता बाबुराम भट्टराईले संविधानसभा उप–निर्वाचनमा एमाओवादीले बेहोरेको लज्जास्पद हारकाे आत्मसमीक्षा गर्नुपर्ने बताएका छन् ।
उनले सामाजिक संजाल फेसबुकमा देशलाई अग्रगमनको बाटोमा डोर्याउने पार्टीले एकपछि अर्को हार बेहोर्नु सामान्य कुरा नभएको प्रतिक्रिया दिएका छन् ।
उनले फेसबुकमा यस्तो स्टाटस राखेका छन् , ‘संविधानसभा, गणतन्त्र , धर्मनिरपेक्षता, समावेसीरसमानुपातिक लोकतन्त्र जस्ता युगान्तकारी राष्ट्रिय एजेण्डाहरुको अगुवाइ गर्ने शक्तिले संस निर्वाचनमा एक पछि अर्कों हार वेहोर्नु सामान्य कुरा होइन । वेलामा वस्तुनिष्ठ आत्मसमीक्षा गरौं । नत्र भोलि धेरै ढिलो भैसकेको हुनेछ । हालै सम्पन्न ४ वटा उपनिर्वाचनको नकारात्मक परिणामलाई एमाओवादीले गम्भीरतापूर्वक लिनैैपर्छ ।’
एमाओवादीले उप–निर्वाचन भएका ४ वटै क्षेत्रमा मंसिर ४ को संविधानसभा निर्वाचनमा भन्दा थोरै मत पाएको छ । कतिपय क्षेत्रमा धरौटी जफत समेत भएको छ ।