बिरामी प्रधानमन्त्रीले अमेरिकाबाट गरे प्रचण्डलाई टेेलिफोन

काठमाण्डु टुडे २०७१ असार ११ गते १५:५५ मा प्रकाशित

काठमाण्डु, ११ असार– अमेरिकामा उपचार गराइरहेका प्रधानमन्त्री सुशील कोइराला र एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच टेलिफोन वार्ता भएको छ prachanda-sushil
दुई नेताबीच बुधबार बिहान करिब १५ मिनेट भएको टेेलिफोन सम्वादमा मुलुकको पछिल्लो राजनीतिक अवस्था, संविधान लेखन, सरकारले ल्याउन लागेको नीति तथा कार्यक्रमलगायत विषयमा कुराकानी भएको थियो ।

प्रचण्डको निजी सचिवालयका अनुसार त्यस क्रममा प्रचण्डले कोइरालाको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै सीघ्र स्वास्थ्य लाभको कामनासमेत गरेका थिए । कोइरालाले भने पहिलो चरणको स्वास्थ्य परीक्षणको रिपोर्ट आउन ढिलाइ भएका कारण आफ्नो अमेरिका बसाइ कति दिनको हुने भन्ने टुंगो नलागेको बताएका थिए ।

कोइरालाको म्यानहाटन स्थित मेमोरियल सोलान केटरिङ क्यान्सर सेन्टरमा उपचार भइरहेको छ । नियमित परीक्षणका क्रममा फोक्सोमा सेतो दाग देखिएपछि चिकित्सकको सल्लाहमा कोइराला गत मंगबार अमेरिका गएका हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us