वीरगन्ज, ११ असार– पर्सा जिल्लामा पुन: एक महिला बोक्सीको आरोपमा निर्घात कुटिएकी छिन् ।
जिल्लाको मिर्जापुर –२ बस्ने रैफुल मियााकी ४० वर्षीया श्रीमती सुशीला खातुनलाई बोक्सीको आरोपमा घरभित्रै थुनेर कुटपिट गरिएको उनका परिवारका सदस्यले बताएका छन् ।
आफूलाई भुलाई यादव भन्ने जोद्धा यादव, प्रमोद यादव, जयराम यादव र भोज यादवलगायतले बोक्सीको आरोप लगाउादै कुटपिट गरेको पीडित खानुतले बताइन् ।
कुटपिटबाट गम्भीर घाइते भएकी खातुनको नारायणी अस्पताल वीरगन्जमा उपचार भइरहेको छ । घटनामा संलग्नहरू फरार रहेका र उनीहरूको खोजी कार्य जारी रहेको इलाका प्रहरी कार्यालय पोखरीया पर्साले बताएको छ ।
यसअघि पनि सोही ठाउँकी स्थानीय ३५ वर्षीया महिला सीता देवीमाथि कुटपिट भएको थियो । गत जेठ २ गते स्थानीय राधा साहसहितको टोलीले उनलाई कुटपिट गरेको थियो । कुटपिटमा संलग्न राधालाई पनि पर्सा प्रहरीले पक्राउ गरेको छ ।