सरकारले नै उमाविलाई घरको न घाटको बनाएको आरोप

काठमाण्डु टुडे २०७१ असार ११ गते ११:२६ मा प्रकाशित

काठमाण्डु, ११ असार – उच्च माध्यमिक शिक्षा परिषदका पदाधिकारीहरुले सरकारद्धारा उच्चमाविलाई सौतेनी व्यवहार देखाई घरको न घाटको बनाएको आरोप लगाएका छन् ।

rpरिपोर्टर्स क्लब नेपालले बुधवार आयोजना गरेको साक्षात्कारमा उच्चमावीका सदस्य सचिव भीमलाल गुरुङले सरकारले नै उच्चमाविलाई न घर न घाटको (पेण्डुलम) बनाएको आरोप लगाउँदै सरकारले उच्चमाविको अपनत्व लिन नसकेको गुनासो गरे ।

साक्षात्कारमा गुरुङले सरकारसँग उच्चमाविलाई कुन निकायले हेर्ने अन्यौल भएको भन्दै उच्चमाविको भविष्यको विषयलाई लिएर भईरहेको चिन्तामा सरकारले चासो लिन नसकेको गुनासो गरे । उनले भने,‘उमाविको भविष्यको विषयमा सबैले चिन्ता लिईरहे पनि सरकारले कुनै चिन्ता लिएको छैन ।’  उनले उच्चमावीमा बजेटको समेत अभाव रहेको भन्दै यसलाई अघि बढाउन सरकारको प्रतिबद्धता आवश्यक रहेको जोड दिए ।

उच्चमावी शिक्षा परिषदका उपाध्यक्ष हेमकुमार मिश्रले शिक्षामा राजनीति पसेकोले समस्या उत्पन्न भएको दावी गर्दै यसलाई नियन्त्रण गर्ने कुनै संयन्त्र नभएकोले समस्या उत्पन्न भएको गुनासो गरे ।

उनले ३१ सालदेखि अहिलेसम्म उच्चमाविमा विनियोजन गरेको बजेट बढ्न नसक्दा मानव जनशक्ति राख्न नसकिएको भन्दै आठवटा क्षेत्रीय कार्यालय भए पनि १ जना पनि स्थायी निर्देशक नहुनु दुखद भएको टिप्पणी गरे । उनले सबै जनशक्ति करारमा रहेकोले पनि समस्या भएको जिकिर गरे ।

शिक्षाविद्ध तिर्थ खनियाँले सरकारले उचित ध्यान नदिएको र बढी राजनीति भएकोले उच्चमाविमा समस्या उत्पन्न भएको दावी गर्दै उच्चमाविको स्वामित्व अहिलेसम्म सरकारले लिन नसकेको बताए ।

उनले भने, ‘निजी क्षेत्रले स्वामित्व लियो, सरकारले आफ्नै कार्यक्रमको स्वामित्व लिन सकेन । यो कार्यक्रम शहर केन्द्रीत हुँदा समेत समस्या उत्पन्न भयो । बजेटले उच्चमावीमा बजेटको अभाव र सरकारको चासो दुई खाले समस्या रहेको जिकिर समेत गरे । ’

हिसानका अध्यक्ष उमेश श्रेष्ठले उच्चमाविलाई ग्रामिण क्षेत्रमा समेत विकास गर्नु पर्नेमा जोड दिदै त्यसको लागि आवश्यक बजेटको ब्यवस्थापन गर्नु पर्ने बताए ।
उच्चमाविमा दक्ष मानवशक्तीको अभाव रहेको दावी गर्दै अब उमाविहरुलाई तिनीहरुको कार्यशैलीप्रति पुरस्कार र दण्डको ब्यवस्था गरेर अघि बढ्नु पर्नेमा जोड दिए । उनले भने–उमाविलाई बजेट बढाएर रोजगारमुलक शिक्षा दिने निकायको रुपमा अघि बढाउनु पर्छ । प्राविधिक शिक्षाको लागि पनि बजेट बढाउनुपर्छ ।

अविभावक संघका अध्यक्ष सुप्रभात घिमिरेले उच्चमाविकै कमजोरीका कारण विद्यार्थीहरु विदेश पलायन हुने क्रम बढेको दावी गर्दै शिक्षाको डेलिभरीमै त्रुटी भएको बताए । उनले उमावि परिषदबाट सरकारी विद्यालयका विद्यार्थीका लागि दिँदै आएको छात्रवृत्ति पनि मनलाग्दी भएको भन्दै विभिन्न प्रयोजन देखाउँदै लिईने शुल्कहरु अब बन्द हुनुपर्ने धाराणा राखे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us