काठमाण्डु, ११ असार– नेकपा एमालेको आसन्न नवौं महाधिवेशनका लागि प्रेस चौतारी नेपालबाट पाँच जना प्रतिनिधि छनौट भएका छन् ।
चौतारीबाट अध्यक्ष राजेन्द्र अर्यालसहित प्रमोद दाहाल, दुुर्गा शर्मा, माधव नेपाल र सइन्द्र राई प्रतिनिधिमा चयन भएका हुन् । अर्याल र दाहाल ओली पक्षधर हुन भने शर्मा, नेपाल र राई माधव नेपाल पक्षका मानिन्छन् ।
यसअघि मंगलबार पत्रकार सूर्य थापाले एमालेको नवौं महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका थिए । एमाले प्रचार विभागको बैठकले विभागका सचिव थापालाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । थापा हाल ओली क्याम्पमा लागेका छन् ।