
सप्तरी, ११ असार– भवानीपुर-६ मा एकल महिलालाई बलात्कार गर्न खोज्ने युवकको लिंग महिलाले काटेर फालिदिएकी छिन् ।
दुलारीदेवी मुखीया नामकी ती महिलाले गत मंगलबार राति जबरजस्ती गर्न खोजेपछि २३ वर्षका विल्टु मुखियाको लिंग पत्तिले काटिदिएकी हुन् ।
उनी चार सन्तानकी आमा मदिरा र नास्ता बेच्ने गर्थिन् ।
‘विल्टु मुखिया भन्नेले बलात्कार गर्न खोजेपछि मैले लिंग काटिदिएँ’ पीडित महिलाको भनाइ उदृत गर्दै सिरहाका डीएसपी ज्ञोनन्द्र फुँयालले काठमाण्डु टुडेलाई जानकारी दिए ।
पीडितले प्रहरीलाई दिएको बयान अनुसार स्थानीय एक बालकलाई लिएर विल्टु राति १० बजेतिर दुलारीदेवीको घरमा पुगेका थिए । सुरुमा उनले रक्सी मागे तर, दिन अस्वीकार गरेपछि विल्टुले बलात्कार गर्न खोजे । ‘मैले आफ्नो इजत जोगाउन यसो गरेको हुँ’ उनले भनेकी छन् ।
घाइते मुखियाको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । उनको अवस्था सामान्य रहेको प्रहरीले बताएको छ ।
मुलुकी ऐनको ज्यानसम्वन्धी महलमा बलात्कारीलाई तत्काल हत्या गरे पीडित महिलालाई सजायँ नहुने व्यवस्था छ ।