दुई तिहाई प्रतिनिधिले ओलीलाई अध्यक्ष चुन्नेछन् : पौडेल

काठमाण्डु टुडे २०७१ असार १२ गते ११:४५ मा प्रकाशित

काठमाण्डु, १२ असार – नेकपा एमालेका सचिव विष्णु पौडेलले सर्वसम्मती भएपनि निर्वाचन भएपनि पार्टी अध्यक्ष केपी ओली नै हुने दावी गरेका छन ।

bishnu paudelरिपोर्टर्स क्लब नेपालले बिहीबार आयोजना गरेको साक्षत्कारमा उनले ओली पक्षधर दुई तिहाई महाधिवेशन प्रतिनिधि निर्वाचित भएको भन्दै कसैले चाहेर पनि ओलीलाई अध्यक्ष बन्नबाट रोक्न नसक्ने ठोकुवा गरे ।

साक्षात्कारमा पौडेलले भने–विचार र नेतृत्व दुबै केपी ओलीको हो । उहाँको विकल्प छैन । सर्वसम्मत भए पनि निर्वाचन भए पनि उहाँ नै अध्यक्ष बन्नु हुन्छ । ओलीको पक्षमा दुई तिहाई महाधिवेशन प्रतिनिधि निर्वाचित भएर आउनु भएको छ । हामी लिष्ट दिन सक्छौ ।

उनले अध्यक्ष झलनाथ खनाल र माधवकुमार नेपालको योगदान पार्टीले प्राप्त गरिसकेकोले अब उहाँहरु अविभावक भएर बस्नु पर्ने तर्क गर्दे भने–महात्मा गान्धी, गणेशमा सिंह, देङ साओ पिङ कसैले केही पद नलिए पनि उहाँहरुलाई सबैले सम्झन्छन । उहाँहरु अब त्यस्तै बन्नु पर्छ ।

उनले यतिेवला आम रुपमा एमालेभित्र एउटा व्यक्ति दुई कार्यकाल भन्दा बढी नेतृत्वमा बस्न नहुने भनेर विचार सार्वजानीक भैसकेको बताउँदै खनाल र नेपाल अब अध्यक्ष भन्दा पनि पार्टीको अभिभावकको भुमिकामा बस्नुपर्ने धाराणा राखेका छन् ।

नेपाली काग्रेस नेतृत्वको सरकारको तत्काल विकल्प नभएको भन्दै सरकार निर्माण हुँदा भएको सहमति अनुसार काग्रेसले नै संविधान जारी गर्ने स्पष्ट पारे । उनले एमालेको अध्यक्ष केपी शर्मा ओली भए पछि सरकार परिवर्तन हुन्छ भनेर आशंका नगर्न सबैलाई आग्रह समेत गरे ।

एक फरक प्रसङगमा पहिचान र संघियताको नाममा एमाओवादी र मधेशी मोर्चावीच भएको गठबन्धनको औचित्य नभएको भन्दै संविधानसभा बाहिर बन्ने यस्ता मोर्चाहरुले संविधान निर्माणमा अवरोध गर्ने आशंका ब्यक्त गरे । उनले भने–सबै दलहरुले संविधान बनाउने प्रतिबद्धता ब्यक्त गरेका छन । त्यसैले संविधानसभाबाटै संविधान बनाउनु पर्छ । बाहिर मोर्चाबन्दी गर्नेले संविधान बनाउन अप्ठ्यारो पार्छन । अब पनि सडक आन्दोलन गर्छौ भन्नु गलत अभियान भएको नेता पौडेलले जिकिर गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us