काठमाण्डू, ९ असार– चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) महाधिवेशन अन्तर्गत निर्वाचन प्रक्रिया आजैबाट सुरु हुने भएको छ ।
हिजोका लागि सुरु हुने भनिएको बन्द सत्र आजमात्रै ढिलोगरी सुरु भएको छ । बन्द सत्र सुरु भए लगत्तै निर्वाचन प्रक्रिया पनि आजबाटै सुरु गर्ने तयारी रहेको केन्द्रीय निर्वाचन आयोग स्रोतले जानकारी दिएको छ ।
‘केही ढिलो होला । तर, आजबाटै निर्वाचन प्रक्रिया सुरु हुन्छ,’ स्रोतले भन्यो । रास्वपाले सभापतिमा रवि लामिछानेलाई निर्विरोध निर्वाचित गराउने तयारी गरेको छ ।