दिउँसै गोली प्रहार , दुई गम्भिर घाइते

काठमाण्डु टुडे २०७१ असार १२ गते ९:५१ मा प्रकाशित

सिरहा, १२ असार – सिरहाको अर्नमा–९ मा मोटरसाइकलमा आएको हतियारधारीले गोली प्रहार गर्दा दुई जना गम्भीर घाइते भएका छन् ।

gun firingघाइतेहरु पनि मोटरसाइकलमा सवार थिए । गोली लागेर घाइते हुनेमा मझौलीया ४ का चुल्हाई यादव र सोही ठाउँका लक्ष्मेश्वर साह छन् । उनीहरुलाई उपचारका लागि धरान लगिएको छ ।

पूर्व पश्चिम राजमार्गबाट सदरमुकाम सिरहा जोड्ने बाटोमा उक्त घटना भएको हो ।

स १ प १५५ नम्बरको मोटरसाइकलमा घरबाट सिरहा सदरमुकाम आइरहेका यादव र साहलाई पछाडिबाट गोली हानिएको थियो ।

मोटरसाइकलमा आएका ३ जनाको अपरिचित समूहले गोली प्रहार गरेको एसपी पूर्णचन्द्र जोशीले जानकारी दिए । यादवको पेटमा र साहको ढाडमा गोली लागेको छ ।

घटनास्थलबाट गोलीको एउटा खोका र त्यसमा लाग्ने एउटा लिड बरामद भएको छ । यादव र साहको गाउँमा केही व्यक्तिसँग जग्गासम्बन्धी विवाद रहेकोले व्यक्तिगत रिस फेर्न सो घटना भएको हुन सक्ने आशंका गरिएको छ ।

घटना शंकास्पद भएकोले हरेक पक्षबाट छानबिन थालिएको एसपी जोशीले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us