माओवादीधारका पाँच दलद्वारा कार्यगत एकता समिति गठन

काठमाण्डु टुडे २०७१ असार १२ गते १४:४२ मा प्रकाशित

काठमाण्डु, १२ असार– एकीकृत माओवादीसहित माओवादी धारका पाँच दल कार्यगत एकता गर्ने औपचारिक निर्णयमा पुगेका छन् ।

maoist-flagकाठमाण्डुको डिल्लीबजार धोबीधारास्थित नेकपा एकीकृतको कार्यालयमा बिहीबार बसेको एकीकृत माओवादी, नेकपा–माओवादी, क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेकपा एकीकृत, मातृका यादव नेतृत्वको नेकपा माओवादीले कार्यगत एकता गर्ने निर्णय गरेका हुन् ।

त्यसका लागि उनीहरुले कार्यगत एकता समिति समेत गठन गरेका छन् । समितिमा एमाओवादीबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा–माओवादीबाट अध्यक्ष मोहन वैद्य, क्रान्तिकारी कम्युनिष्ट पार्टीबाट महासचिव मणि थापा, नेकपा माओवादीबाट अध्यक्ष मातृका यादव र नेकपा एकीकृतबाट परि थापा छन् ।

समितिको नेतृत्व चक्रीय प्रणालीका आधारमा हरेक नेतटाले एक–एक महिना गर्ने निर्णय भएको क्रान्तिकारी कम्युनिष्ट पार्टीका महासचिव मणि थापाले काठमाण्डु टुडेलाई जानकारी दिए । पाँच दलले आगामी असार १४ गते राजानीमा संयुक्त पत्रकार सम्मेलन गरेर साझा नीति तथा कार्यक्रम सार्वजनिक गर्ने बताएका छन् ।
यस्ता छन् पाँच दलका निर्णय
थापाका अुनसार बैठकले सर्वपक्षीय राजनीतिक सभाका लागि पहल गर्ने तथा संविधानसभाका अन्तरवस्तुहरु निक्र्यौल गरी संविधानसभा र संीवधानसभाबाहिर जनदबाब सिर्जना गर्ने निर्णय गरेको छ ।

मोर्चा आवद्ध एमाओवादीबाहेक चार दलले मोहन वैद्ये सर्वपक्षीय राजनीतिक सभाको माग गर्दै आएका थिए । यस्तै बैठकले भारतसँग गरिएका असमान सन्धि सम्झौताहरुको खारेज गर्दै राष्ट्रियताको संरक्षण र सम्वद्र्धन गर्ने निर्णय पनि गरेको छ ।

बैठकले जनयुद्ध, जनआन्दोलन र मधेस आन्दोलनका घाइेत, अपाङ्ग र बेपत्ताहरुका बारेमा पनि चासो व्यक्त गरेको र राष्ट्रिय राजनीतिक परिदृष्यका बारेमा छलफल बहस गर्दै पार्टी एकतासम्म पुग्ने निक्र्यौल भएको थापाले उल्लेख गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us