बाथरुममा लडेर घाइते भएका सिडिओलाई हेलिकोप्टरमा काठमाण्डु ल्याइयो

काठमाण्डु टुडे २०७१ असार १३ गते १४:२७ मा प्रकाशित

ओखलढुंगा, १३ असार– ओखलढुंगाका प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद भट्टराई बाथरुममा नुहाउने क्रममा लडेर घाइते भएका छन् ।

शुक्रबार नुहाउने क्रममा चिप्लिएर लड्दा भट्टराई बायाँ हातको पाखुरा र कुममा गम्भीर चोट लागेको छ । सदरमुकामस्थित सामुदायिक अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि शुक्रबारै हेलिकोप्टरमार्फत काठमाण्डु ल्याइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us