‘सकभर पिउँदै नपिऔं, पिएपछि ड्राइभिङ नगरौं’

काठमाण्डु टुडे २०७१ असार १३ गते १५:४६ मा प्रकाशित

काठमाण्डु, १३ असार– महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख प्रहरी नायम महानिरीक्षक केशव अधिकारीले मादक पदार्थ सेवन(मापसे) गरी सवारी साधन चलाएर keshav adhikariएकपटक पाइने अमूल्य जीवन नगुमाउन आग्रह गरेका छन् ।
गायक अर्जुन कौशलको ‘मापसे’ नामक भिसिडीको राजधानीमा शुक्रबार विमोचन गर्दै अधिकारीले मापसे गरी सवारी चलाउँदा नेपाली समाजलाई रुवाएको र नेपाली आमाबाबुका कोख रित्याएकाले सबैलाई मापसे गरेर सवारी नचलाउन आग्रह गरे ।

मापसे अभियानपछि काठमाण्डु उपत्यकालगायत मुलुकका विभिन्न स्थानमा दुर्घटनामा कमी आएको र एक लाख ५० हजारभन्दा बढी कारबाहीको दायरामा आएको उल्लेख गर्दै उनले मापसे गरी सवारी साधन चलाउने, ट्राफिक प्रहरीलाई होच्याउने, जाँचका समयमा चोरबाटो अपनाउने गरेका कारण पनि बढी दुर्घटना हुने गरेको बताए ।

प्रत्येक चालक ग्यारेज वा घरबाट सवारी साधन निकाल्नासाथ गन्तव्य पुग्न ब्रेक नै लगाउन नपरोस् भन्ने मानसिकतामा काठमाण्डु उपत्यकामा सवारी हाँकिरहेको अवस्थामा देखिएको उनले बताए ।
कार्यक्रममा नारायण रायमाझी, लक्ष्मी रेग्मी न्यौपाने, रामचन्द्र काफ्ले, दिलीप रायमाझी,  शिवहरि पौडेल, किरण केसी, नरेन्द्रराज रेग्मीलगायतलाई लामो समयदेखि चलचित्र, गीत सङ्गीत क्षेत्रको संरक्षण र सम्बद्र्धनका लागि गरेको योगदानको कदर गर्दै सम्मान गरिएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us