टोपबहादुरले लगाए प्रचण्डमाथि यस्तो आरोप

काठमाण्डु टुडे २०७१ असार १३ गते १०:०८ मा प्रकाशित

top bahadur finalदाङ, १३ असार– एकीकृत माओवादी नेता टोपबहादुर रायमाझीले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का कारण पार्टी कमजोर भएको आरोप लगाएका छन् ।

रिपोर्टर्स क्लब दाङले शुक्रबार तुलसीपुरमा गरेको कार्यक्रममा रायमाझीले पार्टी कमजोर हुनुमा प्रचण्डको पूरानै कार्यशैली र विचारका कारण पार्टी कमजोर भएको बताए ।

रचण्डकै कार्यशैलीले पार्टी अघि बढ्न नसक्ने उनको भनाइ थियो । ‘हाम्रो पार्टी कमजोर हुनुमा अध्यक्ष प्रचण्डको विचार र कार्यशैली जिम्मेवार छ’, रायमाझीले भने, ‘पूरानो कार्यशैलीले पार्टी चल्न सक्दैन ।’ उनले पार्टी चलाउन नयाँ र योग्य व्यक्तिको खोजी भइरहेको उल्लेख गरे ।

त्यस्तो व्यक्ति पार्टीबाहिरको पनि हुन सक्ने उनको भनाइ छ । ‘प्रचण्डको नेतृत्वमा पार्टी चल्न सक्दैन’, उनले भने, ‘प्रचण्डको विकल्प खोजी भइरहेको छ, त्यो पार्टीभित्रबाट पनि हुन्छ, बाहिरबाट पनि हुनसक्छ ।’

रायमाझीले आफ्नै पाटीभित्रको आन्तरिक कलह व्यवस्थापन गर्न नसक्ने नेतृत्वले अन्य पाटीसँग गर्ने भनिएको कार्यगत एकता र
मोर्चाको कुनै अर्थ नरहेको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us