काठमाण्डु, १३ असार – संविधानसभा सदस्य निर्वाचन २०७० मा भएको धाँधली छानबिन समितिको अध्यक्षमा लक्ष्मणलाल कर्णलाई चयन गरेको छ ।
संविधानसभा निर्वाचन अध्ययन, अनुसन्धान तथा सुझाव संसदीय विशेष समितिको शुक्रबारको बैठकले कर्णलाई सर्वसम्मतिले चयन गरेको हो ।
संविधानसभा सदस्य निर्वाचन २०७० का सम्बन्धमा देशव्यापी रुपमा भए घटेका विवादास्पद विषय तथा घटनासम्बन्धी उजुरी तथा जानकारी प्राप्त गर्न र भविष्यमा हुने निर्वाचनलाई स्वच्छ र निष्पक्ष तुल्याउन राय तथा सुझावहरु भए सो समेत सङ्कलन गर्न १० दिनको म्याद राखी सरकारी सञ्चारमाध्यमबाट सूचना जारी गर्ने बैठकले निर्णय गरेको छ ।
आजको बैठकले समितिको कार्यविधि सर्वसम्मतिले स्विकृत समेत गरेको छ ।