२६ को मनोनयन र राजदुत नियूक्ती असार भित्रै टुङग्याउँछु:कार्यबाहक प्रधानमन्त्री

काठमाण्डु टुडे २०७१ असार १३ गते ११:२६ मा प्रकाशित

काठमाण्डु, १३ असार – कार्यबाहक प्रधानमन्त्री बामदेब गौतमले असार महिनाभित्रै मन्त्री परिषदबाट मनोनित हुने २६ संविधानसभा सदस्य र राजदुत नियूक्त टुङग्याउने स्पष्ट पारेका छन ।

bamdevरिपोर्टर्स क्लब नेपालले शुक्रवार आयोजना गरेको साक्षात्कारमा उनले २६ जनाको मनोनयन प्रक्रिया अघि बढाउन राजनीतिक दलहरुलाई पत्र काटेर नाम पठाउन आग्रह गर्ने जानकारी दिदै आगामि १५ गते बस्ने बैठकबाट मनोनयनको टुङगो लगाउने बताए ।

साक्षात्कारमा गौतमले भने–राजनीतिक दलहरुलाई नाम दिन आग्रह गरिरहेको छु, कुराकानी पनि भइरहेको छ । यदि १५ गतेको मन्त्री परिषदको बैठकमा दलहरुवीच सहमती हुन सकेन भने फेरी पनि पत्र काटेर भएपनि दलहरुलाई तागेता गर्ने जानकारी दिँदै उनले भने–अब २६ जनको मनोनयन प्रक्रिया सके १५ गते नै नसके अर्को मन्त्री परिषदको बैठकमा टुँग्याउँछु ।

उनले असार महिनाभित्र राजनीतिक दलहरुको र सरकारमा रहेका दलहरुको पनि सहमतिको आधारमा सबै रिक्त मुलुकहरुमा राजदुत नियूक्त गरिसक्ने प्रस्ट पार्दै बाहिर चर्चा गरिए जस्तो अवस्था नभई प्रधानमन्त्रीलेनै आफूलाई उहाँको अनुपस्थितिमा कार्यवाहक प्रधानमन्त्रीले प्रयोग गर्ने अधिकार र संविधानमै कार्यबाहक प्रधानमन्त्रीको अधिकार स्पष्ट भएकोले क्याविनेट बैठक बोलाउन कुनै समस्या नभएको बताए ।

प्रधानमन्त्री अहिले उपचारको क्रममा अमेरिका हुनुभएकोले उहाँ नेपाल आउन अझै केही हप्ता समय लाग्ने बताउँदै आफूले महत्वपूर्ण निर्णयहरु प्रधानमन्त्रीकै सल्लाहमा गर्न लागेको गौतमले जानकारी दिए । गौतमले भने–मैले आज पनि उहाँको स्वास्थ्य स्थितिवारे नीजी चिकित्सक डा. कविरनाथ योगीसंग फोनवार्ता गरेको थिएँ । उहाँले प्रधानमन्त्रीको उपचार गर्न अझै केही हप्ता समय लाग्ने म संग बताउनुभएको थियो । उनले भने– मन्त्री परिषदको बैठक नियमित बस्न नसके अनर्थ हुने भन्दै अब नियमित क्याविनेटको बैठक समेत बस्ते स्पष्ट पारे । राष्ट्रलाई आवाश्यक पर्ने कुनै पनि निर्णयहरु रोकिँदैन् । प्रधानमन्त्रीसंग सल्लाह गरेर सवै निर्णयहरु हुन्छ ।

गौतमले भिडियो कन्फ्रेन्सबाट प्रधानमन्त्रीसँग सल्लाह गर्दै क्याविनेट बस्ने भन्ने विषय असम्भव भएको भन्दै संसारमा कतै पनि भिडियो कन्फ्रेन्सबाट मन्त्री परिषदको बैठक बसेको छैन् । यदि बस्ने हो भने पनि अन्तरिम संविधान नै संशोधन गर्नुपर्छ । अहिले त्यो असम्भव छ ।

मुलुकमा शान्ति, सुरक्षा र सुब्यवस्था कायम गरेर सुन्दर नेपालको परिकल्पनाका साथ अगाडी बढाउन आफूले कुनै कसर बाँकी नराख्ने बताउँदै प्रधानमन्त्री उपचार गरेर फर्कदा अझै समृद्ध र सुन्दर नेपाल हस्तान्तरण गर्ने भन्दै आफूले मन्त्री र सचिवहरुलाई निर्देशन दिएको गौतमले जानकारी दिए ।

उनले असार १५ गते राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्ने र आगामि असार २६ देखि २७ गतेभित्रमा बजेट ल्याउने अन्तिम तयारी भएको जानकारी दिदै सरकारको नीति र कार्यक्रममा उर्जा पूर्वाधार विकास, पयर्टन र कृषिलाई विशेष बजेट सहित विनियोजन गर्न जोड दिने बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us