डोटी, १४ असार– डोटीको बर्छैनमा खुकुरी प्रहारी गरी एक शिक्षकको हत्या भएको छ ।
घाङल–७ का दिपेन्द्र जेठाराले खुकुरी प्रहार गरी ३५ वर्षीय शिक्षक दीपक बमको हत्या गरेका हुन् ।
प्रहरीले व्यक्तिगत रिसिइबीका कारण जेठारले शिक्षक बममाथि खुकुरी प्रहार गरेको जनाएको छ । जेठारालाई इलाका प्रहरी कार्यालय बिपीनगरको टोलीले नियन्त्रणमा लिएको छ ।