
कञ्चनपुर, १४ असार– असार आधाआधिसम्म रोपाइँका लागि पानी नपरेपछि कञ्चनपुरका गाउँगाउँमा कृषकले भ्यागुताको बिहे गर्न थालेका छन् ।
भ्यागुताको बिहे गरेमा इन्द्रदेव प्रसन्न भई पानी पार्ने जनविश्वासका कारण यहाँका कृषकले भ्यागुताको बिहे गर्न थालेका हुन् ।
जोडी भ्यागुतालाई तलाउबाट खोजेर पातमा राखी सम्पूर्ण विधि पूरा गरेर विवाह गर्ने गरिएको नौखरीका स्थानीय भागिराम चौधरीले बताए ।
न्य वर्षझैं यो वर्षसमेत भ्यागुताको विवाह धुमधामसँग गर्न थालेको उनले बताए । भ्यागुताको विवाह गरेपछि गत वर्ष पानी परेको थियो, उनले भने, ‘यो वर्ष पनि लामो समयदेखि पानी नपरेपछि भ्यागुताको विवाह गर्न लागेका छौं ।’
खेतमा रोप्नका लागि ठिक्क पारिएको धानको बेर्ना सुक्नै लागेकाले भ्यागुताको बिहे गर्न लागेको उनले बताए ।
बिहेमा बेहुली र दुलहा पक्षकालाई भोज खुवाउने र दक्षिणासमेत दिने गरिएको छ । भ्यागुताको विवाह गर्नका लागि आवश्यक सामग्री र भोज खुवाउने अन्न गाउँबाट जम्मा गर्ने गरिन्छ ।