
काठमाण्डु, १४ असार– एमाले संसदीय दलका नेता एवम् नवौं महाधिवेशनमा अध्यक्षका प्रत्यासी केपी शर्मा ओलीले पार्टीलाई फरक विचारको सम्मान गर्ने नेतृत्व आवश्यक रहेको बताएका छन् ।
स्वास्थ्यमन्त्री खगराज अधिकारीद्वारा लिखित पुस्तकको काठमाण्डुको नयाँ बानेश्वरस्थित अल्फाबिटा कम्प्लेक्समा शनिबार बिमोचन गर्दै ओलीले महाधिवेशनले सर्वस्वीकार्य नेतृत्व चयन गनुर््पर्ने बताए ।
एमालेको अबको नेतृत्व राष्ट्र बैंकले जारी गर्ने नोटजस्तै सबैका लागि स्वीकार्य हुनुपर्ने उनको भनाइ थियो । ‘एमालेको नेतृत्व राष्ट्र बैंकले छापेको नोटजस्तो सर्वस्वीकार्य हुनुपर्छ’, ओलीले भने, ‘त्यस्तो नोटले परेको ठाउँमा जमानी बस्ने हैसियत राख्नुपर्छ ।’
आफू कसैविरुद्ध गाली गलौजमा नउत्रने भन्दै बोल्न सुरु गरेका उनले अध्यक्षका अर्का प्रत्यासी माधव नेपाल विरुद्ध भने बोले । तर उनले नेपाललाई राता आँखे प्रवृत्तिको व्यक्ति भएको आरोप लगाए ।
नेपालमा संयोजनकारीभन्दा शासक बन्ने मनोवृत्ति हाबी रहेको उनको आरोप थियो । ‘राता आँखे प्रवृत्तिले संयोजनकारी भूमिका खेल्न सक्दैन’, ओलीले भने, ‘आफूलाई मन नपर्नेलाई राता आँखा लगाउने प्रवृत्तिविरुद्ध मेरो उम्मेदवारी हो ।’