एमाओवादीले नीति तथा कार्यक्रमको समीक्षा गर्दै

काठमाण्डु टुडे २०७१ असार १६ गते ४:०१ मा प्रकाशित

maoist-flagकाठमाण्डु, १६ असार – एकीकृत माओवादी संसदीय दल र स्थायी समितिको बैठक छुट्टाछुट्टै बस्ने भएको छ ।

सरकारले संसद्मा पेश गरेको नीति तथा कार्यक्रम र त्यसमा गर्नुपर्ने संशोधनका विषयमा छलफल हुने भएको हो ।

एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आइतवार नै सरकारको नीति तथा कार्यक्रम कर्मकाण्डी भएकाले बैठक बसेर संशोधन हालिने बताएका थिए ।
संसदीय दलको बैठक भने दिउसो १२ बजे बोलाइएको प्रमुख सचेतक गिरिराजमणी पोखरेलले जानकारी दिए ।
संसदीय दलको बैठकअघि स्थायी समितिको बैठक बस्नेछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us