नयाँ जहाज चरामा ठोक्कियो

काठमाण्डु टुडे २०७१ असार १६ गते ६:२५ मा प्रकाशित

काठमाण्डु, १६ असार – चीनबाट ल्याइएको राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमको एमए– ६० जहाजमा चरा ठोक्किएको छ ।

plan Nacकाठमाण्डुबाट विराटनगरमा उडेको जहाज अवतरणको क्रममा सोमबार दायाँ इन्जिनमा चरा ठोक्किएको हो । असार ११ देखि औपचारिक उडान सुरु गरेको जहाज एक साता नपुग्दै ‘ग्राउण्डेड’ भएको छ ।

निगम स्रोतका अनुसार जहाजका यात्रुलाई केही नभएको जनाएको छ ।

वैशाख १४ गते काठमाडौं अवतरण गरेको जहाज प्रशासनिक तथा प्राविधिक तयारी पूरा नगर्दा ढिलामात्रै व्यापारिक उडान सुरु भएको थियो ।

सातामा १५ उडान सुरु गरेको ५६ सिट क्षमताको नयाँ जहाजले काठमाडौंबाट विराटनगर, भद्रपुर, भैरहवा र धनगढी उडान भर्दै आएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us