समाचार

निर्माणाधिन विमानस्थल समयमै सम्पन्न नहुँदा सर्बसाधारण मर्कामा

२०७१ असोज ६ गते ८:०१

डोल्पा , ६ असोज – लामोसमयदेखि निर्माणाधिन जुफाल विमानस्थलको अझै पनि निर्माणकार्य सम्पन्न हुनसकेको छैन । डोल्पाको यातायातको मुख्य साधनको रुपमा रहेको एकमात्र जुफाल बिमानस्थलको समयमै निर्माणकार्य सम्पन्न हुन नसक्दा यात्रुहरु मारमा परेका छन् । निर्माण जिम्मा पाएको सिद्धि कन्स्ट्रक्सनले काममा ढिलाईगरेकाले समयमै निर्माणकार्य...

६ राजदुतको नाम अनुमोदन

२०७१ असोज ६ गते ७:३७

काठमाण्डु, ६ असोज–  संसदीय विशेष सुनुवाई समितिले ६ राजदुतहरुको नाम अनुमोदन गरेको छ । सोमबार बसेको संसदीय सुनुवाई समिति बैठकले राजदुतहरुको नाम अनुमोदन गरेको हो । समितिले क्यानडाको लागि कालिप्रसाद पोखरेल, फ्रान्सकालागि अम्बिका लुईंटेल, जेनेभाको लागि दीपक धिताल, थाईल्याण्डको लागि खगनाथ अधिकारी, दक्षिण कोरियाको...

रातिराति ढुङ्गा गिट्टी चोरी निकासी गर्ने ट्र्याक्टर स्थानीयले समाते

२०७१ असोज ६ गते ७:२९

धादिङ, ६ असाेज –  दक्षिण धादिङको आग्रा खोलाका २० भन्दा बढी ट्र्याक्टरलाई रातिराति ढुङ्गा गिट्टी चोरी निकासी गर्दै गरेको अवस्थामा स्थानीयले गएराति नियन्त्रणमा लिएका छन्। जिविस र गाविसले तोकेको भन्दा अन्यत्र स्थानबाट उत्खनन गर्दै मापदण्ड विपरीतका क्रसर उद्योगहरुले अवैधानिक रुपमा निकासी गरेको भन्दै स्थानीयले...

सात महिने बालक अपहरण गरेर एक लाखमा बिक्री

२०७१ असोज ६ गते ५:४४

जनकपुर, ६ असोज– सात महिनाका नाबालकलाई अपहरण गरी बिक्री गर्ने चार जना पक्राउ परेका छन् । बालिका अपहरण गरी एक लाखमा बिक्री गरेका उनीहरुलाई धनुषा प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा महोत्तरी–८ का शत्रुधन यादव, धनुषा औरही–९ का राजेश मण्डल, झोझीकटैया–६ का किशोरी...

कपडा व्यापारी दम्पत्ति हत्याका फरार अभियुक्त पक्राउ

२०७१ असोज ६ गते ४:४५

धरान, ६ असोज– कपडा व्यापारी बेगवानी दम्ती हत्याका दुई फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । सप्तरी हनुमाननगरका कपडा व्यवसायी प्रेमसुख बेगवानी र उनकी पत्नि सरोजदेवीका हत्यारालाई सुनसरीका नरसिङबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । नरसिङमा लुकिछिपी रहेको अवस्थामा श्रीपुर–३ का २२ वर्षीय मोहमद...

पूर्वराजा ज्ञानेन्द्र डिस्चार्ज

२०७१ असोज ६ गते ४:२८

काठमाण्डु, ६ असोज– हृदयघात भएपछि अस्पताल भर्ना भएका पूर्वराजा ज्ञानेन्द्र शाह डिस्चार्ज भएका छन् । स्वास्थ्यमा सुधार देखिएपछि ज्ञानेन्द्रलाई आज डिस्चार्ज गरिएकाे हाे । हृदयघात भएपछि ६७ वर्षीय शाहलाई शनिबार राति नर्भिक अस्पताल भर्ना गरिएको थियो । पूर्वराजा शाह हिंडडुल र कुराकानी गर्न सक्ने भएको...

एसियाडमा सुटिङतर्फ नेपाली महिलाले बनाए राष्ट्रिय कीर्तिमान

२०७१ असोज ६ गते ४:१९

इन्चन, ६ असोज– एसियाडमा सोमबार नेपाली महिला खेलाडीले सुटिङतर्फ राष्ट्रिय कीर्तिमान बनाएका छन् । १० मिटर एयर राइफलको प्रतिस्पर्धामा स्नेहा शाहले ३ सय ९७ दशमलब ६ अंक जोड्दै राष्ट्रिय कीर्तिमान बनाएकी हुन् । यसअघि उनी र भगवती खत्रीको नाममा समान ३ सय ८८ अंकको...

बोगटीलाई सम्झंदै प्रचण्ड र बाबुरामले रुँदै भने, ‘एकताबद्ध हुन्छौं’

२०७१ असोज ६ गते ३:४६

काठमाण्डु, ६ असोज–एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता बाबुराम भट्टराईले एक साता अघि निधन भएका उपाध्यक्ष पोष्टबहादुर बोगटीलाई स्मरण गर्दै भने, ‘अब हामी एकतावद्ध भएर पार्टी पुननिर्माण गर्छौ ।’  जीवीत रहदै बोगटीको सपना दुई नेता मिलेर पार्टी एकतावद्ध गराउने भएको स्मरण गर्दै दुवै...

गुण्डागर्दीबाट रातारात करोडपति, तर जेलको बास

२०७१ असोज ६ गते ३:१६

काठमाण्डु, ६ असोज– ओखलढुंगा चण्डेश्वरीका महेश खड्कालाई ४ वर्षअघि काठमाण्डु प्रवेश गर्दा दैनिक गुजारा चलाउन पनि धौधौ थियो । दिनभरि ज्यालादारी गरेर बेलुका गुजारा चलाउँथे । करिब ४ वर्षसम्म उनको यो दैनिकी बन्यो । त्यसपछि मजदुरी छाडेर टोले गुण्डाहरुसँग संगत बढाए  र उनी रातारात...

बिहे गर्दा जागिर गयो

२०७१ असोज ६ गते २:५८

जाजरकोट, ६ असोज– बिहे गरेको निहुँमा एक महिलाले जागिरबाट हट्नुपरेको छ । कोर्ताङ गाविसकी लेखा सहायक गीताकुमारी बस्नेतलले बिहे गर्दा सजाय भोग्नुपरेको हो । कोर्ताङ–४ मेसुकी उनी सात वर्षअघि गाविसको लेखा सहायक अधिकृतमा नियुक्त भएकी थिइन् । मजकोट–९ का बुद्धिबहादुर बस्नेतसँग उनले बिबाह गरिन्...

सुनकोसी पहिरोमा हुँदै नभएका ११ जना मृत घोषित

२०७१ असोज ६ गते २:५४

सिन्धुपाल्चोक, ६ असोज– सरकारले एक सय ५६ जनालाई मृत घोषित गरेर सामूहिक अन्त्येष्टि गराए पनि सुनकोसीको पहिरोमा एक सय ४५ जनाको मृत्यु भएको पुष्टि भएको छ । मृतकको संख्यासमेत यकिन गर्न नसक्ने जिल्ला प्रशासनले राहत वितरण पनि त्यस्तै हचुवाको भरमा गरेको छ । मृत्यु...

भुइँको ५० रुपियाँ टिप्न लगाएर यसरी लुटियो २ लाख

२०७१ असोज ६ गते २:४८

चितवन, ६ असोज– भुइँमा देखेको ५० रुपैयाँ टिप्न खोज्दा एक व्यक्तिले बैंकमा जम्मा गर्न लागेको दुई लाख रुपैयाँ गुमाएका छन् । नारायणगढस्थित हिमालयन बैंकमा आइतबार मध्यान्ह दुई लाख रुपैयाँ जम्मा गर्न लागेका रेवती ढकाललाई कुनै अपरिचितले भुइँमा खसेको ५० रुपैयाँ देखार्इ दिएको थियो ।...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us