कपडा व्यापारी दम्पत्ति हत्याका फरार अभियुक्त पक्राउ

काठमाण्डु टुडे २०७१ असोज ६ गते ४:४५ मा प्रकाशित

धरान, ६ असोज– कपडा व्यापारी बेगवानी दम्ती हत्याका दुई फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।

hatyaraसप्तरी हनुमाननगरका कपडा व्यवसायी प्रेमसुख बेगवानी र उनकी पत्नि सरोजदेवीका हत्यारालाई सुनसरीका नरसिङबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । नरसिङमा लुकिछिपी रहेको अवस्थामा श्रीपुर–३ का २२ वर्षीय मोहमद साबिर मिँया र श्रीपुर–७ भाण्टाबारीका २५ वर्षीय इन्द्रदेव कामतलाई पूर्वक्षेत्रीय प्रहरी कार्यालयको विशेष टोली र जिल्ला प्रहरीको टोलीले पक्रेको हो ।
उनीहरु नेपाल तथा भारतमा लुटपाट, डकैती र हत्यामा संलग्न रहँदै आएको जिल्ला प्रहरी कार्यालय सुनसरीका उपरीक्षक मसऊद आलम खाँले बताए । बेगवानी दम्पत्तिको गत वैशाख २२ गते सप्तरी हनुमाननगर–५ स्थित निवासमा सुतिरहेका बेला  वीभत्स हत्या भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us