एमालेले सरकारसँग खोज्यो विष्णु पौडेल पक्राउको कारण

काठमाण्डु टुडे २०८३ असार १४ गते १३:०५ मा प्रकाशित

काठमाण्डू, १४ असार– प्रतिपक्षी दल एमालेले पार्टीका उपाध्यक्ष विष्णु पौडेलको पक्राउको कारण खोजेको छ । एमाले सांसद पुष्पराज कँडेलले पार्टीका तर्फबाट यो विषय संसद्‍मै प्रश्न उठाएका हुन ।

सरकारले सम्पत्ति शुद्धीकरणको अनुसन्धानका क्रममा पौडेललाई पक्राउ गरेको छ । एमाले सांसद कँडेलले विगतमा केपी शर्मा ओली माथि लगाइएको आरोपको अर्को रुप भएको पनि बताए ।

आफूहरूले उच्च ओहोदाका मानिसहरूलाई पनि समातेको भन्ने देखाउन, सम्पूर्ण विपक्षीहरूलाई तर्साउने र एमालेलाई बदनाम गराउने उदेश्यबाट प्रेरित रहेको पनि उनले बताएका छन ।

उनले भने, ‘विष्णु पौडेल बेकसुर हुनुहुन्छ र उहाँमथि प्रतिसोध साँधिएको छ ।’ सरकारले करका दरको सूचना चुहाएर गलत काम गरिरहेको तर दोष अरुमथि लगथाउने व्यवहारमा रहेको भन्दै पौडेलको रिहा हुनुपर्ने माग समेत गरेका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us