६ राजदुतको नाम अनुमोदन

काठमाण्डु टुडे २०७१ असोज ६ गते ७:३७ मा प्रकाशित

काठमाण्डु, ६ असोज–  संसदीय विशेष सुनुवाई समितिले ६ राजदुतहरुको नाम अनुमोदन गरेको छ । सोमबार बसेको संसदीय सुनुवाई समिति बैठकले राजदुतहरुको नाम अनुमोदन गरेको हो ।

समितिले क्यानडाको लागि कालिप्रसाद पोखरेल, फ्रान्सकालागि अम्बिका लुईंटेल, जेनेभाको लागि दीपक धिताल, थाईल्याण्डको लागि खगनाथ अधिकारी, दक्षिण कोरियाको लागि अमृत राई, र कुवेतको लागि यज्ञबहादुर हमालको नाम अनुमोनद गरेको हो ।

भदौं १९ गतेको मन्त्रिपरिषद् वैठकले ६ राजदुत नाम सिफारीस गरेको हो ।

संसदीय सुनुवाई समितिले अनुमोदन गरेकाहरुलाई राष्ट्रपति रामवरण यादवले राजदुत नियुक्त गर्नेछन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us