सुनकोसी पहिरोमा हुँदै नभएका ११ जना मृत घोषित

काठमाण्डु टुडे २०७१ असोज ६ गते २:५४ मा प्रकाशित

सिन्धुपाल्चोक, ६ असोज– सरकारले एक सय ५६ जनालाई मृत घोषित गरेर सामूहिक अन्त्येष्टि गराए पनि सुनकोसीको पहिरोमा एक सय ४५ जनाको मृत्यु भएको पुष्टि भएको छ ।
मृतकको संख्यासमेत यकिन गर्न नसक्ने जिल्ला प्रशासनले राहत वितरण पनि त्यस्तै हचुवाको भरमा गरेको छ । मृत्यु भएका भनिएका ११ जनाको नाम, थर, ठेगाना, गाँउ केही पनि पत्ता लागेको छैन ।

सिन्धुपाल्चोक प्रशासन कार्यालयले शव भेटिएका र हराएका सबै गरी १ सय ५६ जनालाई एकमुष्ट मृतक घोषणा गरेको छ । तर, प्रशासनसँग एक सय ४५ जनाको मात्रै नाम छ ।
‘प्रशासनले सोधखोजका आधारमा एक सय ५६ जनालाई मृत घोषणा गर्‍यो । तर ११ जनाको नाम थाहा छैन । पुरिएका आठ घरका परिवारका बाँकी सदस्य कोही पनि छैनन्,’राहत बाँड्न खटिएका सशस्त्रका प्रहरी निरीक्षक मदनकुमार तामाङले भने, ११ जनाको दावी विरोध आएन, उनीहरुको नाम पनि थाहा भएन ।’
नयाँ पत्रिकाबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us