समाचार

ईश्वर र चिकित्सकले बचाए: ज्ञानेन्द्र

२०७१ असोज ६ गते १५:०३

काठमाण्डु, ६ असोज– पूर्वराजा ज्ञानेन्द्र शाहले आफूलाई ‘ईश्वरको अनुग्रह र दक्ष चिकित्सकको कुशल उपचारबाट आफू स्वस्थ्य भएको बताएका छन् । नर्भिक अस्पतालमा हृदयघातको उपचार गरी सोमबार डिस्चार्ज भएका शाहले आफ्नो स्वास्थ्यलाभको कामना गर्नेहरुप्रति आभारसमेत प्रकट गरेका छन् । शाहका तर्फबाट उनका निजी सचिव फणिराज...

सन् २०२२ को विश्वकप कतारमा नहुने

२०७१ असोज ६ गते १४:५२

काठमाण्डु, ६ असोज– सन् २०२२ को विश्वकप फुटबल कतारमा नहुने भएको छ । फिफा सदस्य थियो ज्वान्जिगरले कतारमा हुने विश्वकप अन्यत्रै सार्ने निर्णय भएको हो ।  रोयटर्सले ती फिफा सदस्यलाई उद्धृत गर्दै भीषण गर्मीका कारण कतारको विश्वकप रद्द गरिएको उल्लेख गरेको छ । यसअघि...

पार्टी एकताका लागि प्रचण्डले लेखे वैद्यलाई पत्र

२०७१ असोज ६ गते १४:४२

काठमाण्डु, ६ असोज– एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा– माओवादी अध्यक्ष मोहन वैद्यलाई एक पत्र लेख्दै पार्टी एकताका लागि गम्भीर रहेको बताएका छन् । नेकपा–माओवादीले गत वैशाख अन्तिम साता एकताका लागि अघि सारेका ६ बुँदे सर्तको लिखित जवाफ दिँदै उनले पार्टी एकताका...

बाबुको शव नउठाउने नुरप्रसादको घोषणा

२०७१ असोज ६ गते १४:१८

काठमाण्डु, ६ असोज– अनसन बसेकै बेला वीर अस्पतालमा निधन भएका नन्दप्रसाद अधिकारीका छोरा नुरप्रसादले बाबुको शव नउठाउने घोषणा गरेका छन् । उनले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता बाबुराम भट्टराईलाई जेल नहालेसम्म शव नउठाउने बताए । उनले आफूले बाबुको किरिया पनि नगर्ने बताए...

नख्खु कारागारबाट चिनियाँ कैदी फरार

२०७१ असोज ६ गते १३:३४

काठमाण्डु, ६ असोज– नख्खु कारागारबाट सोमबार एक चिनियाँ कैदी फरार भएका छन् । फरार हुनेमा वन मुद्धामा दोषी ठहर भई जेल भुक्तान गरिरहेका चिनियाँ नागरिक जु योङ खा छन् । महानगरीय प्रहरी प्रभाग ललितपुरका अनुसार दाँतको उपचारका लागि ल्याइएका बेला उनी पाटन अस्पतालबाट फरार...

कमल थापा भन्छन्, ‘नन्दप्रसादको निधन भएकामा प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ’

२०७१ असोज ६ गते १३:२२

काठमाण्डु, ६ असोज– राप्रपा नेपालका अध्यक्ष कमल थापाले गोरखा फुजेलका नन्दप्रसाद अधिकारीको निधन भएकामा नैतिक जिम्मेवारी लिंदै प्रधानमन्त्री सुशील कोइरालाले पदबाट राजीनामा दिनुपर्ने माग गरेका छन् । छोरा कृष्णप्रसादका हत्यारालाई कारबाहीको माग गर्दै लामो समयदेखि वीर अस्पतालमा अनसनरत अधिकारीको सोमबार साँझ निधन भएको थियो...

किन भयो राष्ट्रपतिलाई पूर्वराजाको चिन्ता ?

२०७१ असोज ६ गते १३:१२

काठमाण्डु, ६ असोज– राष्ट्रपति रामवरण यादवले पूर्वराजा ज्ञानेन्द्र शाहको स्वास्थ्यबारे चासो र चिन्ता व्यक्त गरेका छन् । उपचारमा संलग्न चिकित्सकलाई टेलिफोन गरी उनले हृदयघातपछि उपचारका लागि नर्भिक अस्पताल भर्ना गरिएका शाहको अवस्थाबारे जानकारी लिएका हुन् । बाढी प्रभावित क्षेत्रको निरीक्षणका लागि बर्दिया पुगेका राष्ट्रपति...

सीके राउतको प्रसंग उठेपछि संसद बैठकमा हंगामा

२०७१ असोज ६ गते १३:००

काठमाण्डु, ६ असोज– संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले मुलुक  टुक्र्याउने विवादास्पद अभिव्यक्ति दिने सीके राउतका विषयमा संसदमा विषय प्रवेश गराउन रोक लगाएका छन् । मधेसवादी दलका नेताले राउतलाई गैरकानुनी तवरले पक्राउ गरिएको भन्दै संसदमा कुरा उठाएपछि राउतको विषय प्रवेश नगराउन रुलिङ गरेका हुन् । व्यवस्थापिका–संसदको...

अनसनरत नन्दप्रसाद अधिकारीको निधन

२०७१ असोज ६ गते १२:३९

काठमाण्डु, ६ असोज– छोराका कृष्णप्रसादका हत्यारालाई कारबाहीको माग गर्दै ११ महिनादेखि अनसनरत गोरखा फुजेलका नन्दप्रसाद अधिकारीको निधन भएको छ । उनको वीर अस्पतालमा मंगलबार साँझ निधन भएको छ । छोराका हत्यारालाई कारबाही माग गर्दै उनी गत ८ कात्तिकदेखि श्रीमती गंगामायाका साथ अनसन बस्दै आएका...

दुई ठाँउमा हारेका नेपाल पनि प्रधानमन्त्री भएकै हुन नि : ज्ञवाली

२०७१ असोज ६ गते ९:२३

काठमाण्डु, असोज ६ – एमाले सचिव प्रदिप ज्ञवालीले मन्त्रीको हेरफेर र हारेका मानिसलाई मन्त्री बनाएको भन्ने नेता माधवकुमार नेपालको आरोपलाई औचित्यहिन भएको तर्क गरेका छन् । सचिव ज्ञवालीले एमालेमा दुई ठाउँमा हारेका नेतालाई प्रधानमन्त्री बनाएको नजिर भएको तर्क गर्दै भने– माधव नेपाल पनि दुई–दुई...

प्रचण्डलाई संयोजक नबनाएसम्म संसद खुल्दैन : शर्मा

२०७१ असोज ६ गते ९:१५

काठमाण्डु, ६ असोज – एकीकृत माओवादीका प्रवक्ता दिनानाथ शर्माले उच्चस्तरीय राजनीतिक संयन्त्रको संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नबनाएसम्म संसदमा जारी अवरोध नखुल्ने स्पष्ट पारेका छन् । रिपोर्टर्स क्लब नेपालले सोमबार आयोजना गरेको साक्षात्कारमा नेता शर्माले विगतमा गरेको चार बुँदे सहमति कार्यान्वयनमा ईमान्दार नदेखिएकोले काँग्रेस र...

कलाक्षेत्रमा राजनीति हावी भयो : जीतु नेपाल

२०७१ असोज ६ गते ८:१७

दाङ, ६ असोज – चर्चित हाँस्य कलाकार जितु नेपालले कलाकारिता क्षेत्रमा राजनीति हावी भएको बताएका छन् । रिपोटर्स क्लव नेपाल जिल्ला शाखा दाङले तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा वोल्दै नेपालले राजनीति सबै ठाउँमा हावी हुंदा हरेक क्षेत्र अस्त व्यस्त भएको बताएका हुन् । कलाकारहरु...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us