सीके राउतको प्रसंग उठेपछि संसद बैठकमा हंगामा

काठमाण्डु टुडे २०७१ असोज ६ गते १३:०० मा प्रकाशित

काठमाण्डु, ६ असोज– संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले मुलुक  टुक्र्याउने विवादास्पद अभिव्यक्ति दिने सीके राउतका विषयमा संसदमा विषय प्रवेश गराउन रोक ck rautलगाएका छन् ।
मधेसवादी दलका नेताले राउतलाई गैरकानुनी तवरले पक्राउ गरिएको भन्दै संसदमा कुरा उठाएपछि राउतको विषय प्रवेश नगराउन रुलिङ गरेका हुन् ।

व्यवस्थापिका–संसदको मंगलबारको बैठकमा मधेसी जनअधिकार फोरम, नेपालका लालबाबु राउतले सीके राउतका विषयमा कुरा उठाएपछि एमाले प्रमुख सचेतक अग्नि खरेलले अदालतमा विचाराधीन विषयबारे संसदमा बहस गर्न नमिल्ने भन्दै नियमापत्ति जनाए ।
अन्तरिम संविधान र संसद नियमावलीको रहेको व्यवस्थाअनुसार नियमापत्ति सदर गर्दै नेम्वाङले अदालतमा विचाराधीन विषय संसदमा नउठाउन रुलिङ गरेका थिए ।

यसैबीच चार बुँदे सहमति कार्यान्वयनको माग गर्दै प्रमुख प्रतिपक्षी एमाओवादीसहति  प्रतिपक्षी दकला सभासदले मंगलबार पनि संसद बैठक अवरुद्ध गरेका छन् ।

प्रमुख दलहरुबीच गत नौ पुसमा भएको चार बुँदे सहमतिअनुसार उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्न सत्तारुढ कांग्रेस–एमाले तयार नभएको भन्दै संसद अवरुद्ध गरेको यो ११ औं पटक हो ।

बैठकमा प्रतिपक्षले पटकपटक संसद अवरुद्ध गरेको विषयमा सत्ता पक्षका सभासदले आपत्ति जनाए । उनीहरुले आफूहरुले पनि बोल्न पाउनुपर्ने भन्दै होहल्ला गरेपछि बैठकमा तनाब भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us