काठमाण्डु, ६ असोज– राप्रपा नेपालका अध्यक्ष कमल थापाले गोरखा फुजेलका नन्दप्रसाद अधिकारीको निधन भएकामा नैतिक जिम्मेवारी लिंदै प्रधानमन्त्री सुशील
कोइरालाले पदबाट राजीनामा दिनुपर्ने माग गरेका छन् ।
छोरा कृष्णप्रसादका हत्यारालाई कारबाहीको माग गर्दै लामो समयदेखि वीर अस्पतालमा अनसनरत अधिकारीको सोमबार साँझ निधन भएको थियो ।
अधिकारीको निधन भएलगत्तै सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै उनले अधिकारीको निधन मानवअधिकार र कानुनी राज्यका लागि कालो दिन भएको बताएको उल्लेख गरेका छन् ।
थापाले भनेका छन्, ‘नन्दप्रसाद अधिकारीको निधन मानव अधिकार र कानुनी राज्यको लागि कालो दिन । न्याय दिन नसक्ने प्रम कोइरालाले नैतिकताको आधारमा राजीनामा दिनुपर्छ ।’