काठमाण्डु, ७ असोज– मुलुक टुक्र्याउने गतिविधिमा संलग्न रहेको आरोपमा पक्राउ परेका सीके राउत आमरण अनसनमा बसेका छन् । आफूलाई नि:सर्त रिहाइको माग गर्दै सीके हिरासतमै अनसन बसेका हुन् । संयोग यस्तो परेको छ कि छोराका हत्यारामाथि कारबाहीको माग गर्दै वीर अस्पतालमा आमरण अनसन बसेका...
म्याग्दी, ७ असोज– म्याग्दीको हिस्तान गाविसमा मंगलबार भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुगेको छ । जिल्लाको राम्चेबाट यात्रु लिएर सदरमुकाम बेनी आउँदै गरेको ग १ ज ४३२४ नम्बरको जिप हिस्तानको गिद्धेश्वर मन्दिरनजिकै भीरबाट खसेर दुर्घटनाग्रस्त भएको हो । दुघर्टनामा जीपमा सवार सबैको...
ललितपुर, ७ असोज– पाटन अस्पतालबाट फरार चिनियाँ कैदी भगाउने कार्यमा प्रहरी नै संलग्न रहेको रहस्य खुलेको छ । नख्खु जेलबाट उपचारका लागि अस्पताल पुर्याइएका चिनियाँ कैदी जस याङ खा सोमबार भागेका थिए । भगाउन सघाएको आरोपमा कैदीलाई अस्पताल लिएर गएका तीन प्रहरी हिरासतमा राखिएका...
काठमाण्डु, ७ असोज – कोरियाको मोबाइल सेवा प्रदायक कम्पनी जेसीटीले नेपालबाट रोजगार अनुमति प्रणाली (इपीएस) मार्फत कोरियामा रोजगारीमा जाने युवा युवतीहरुलाई कोरिया पुगे लगत्तै मोबाइल फोन उपलब्ध गराउने घोषणा गरेको छ । जेसीटी मंगलबार रिपोर्टर्स क्लव नेपालमा पत्रकार सम्मेलन गरी भाषा परीक्षा पास गरी...
काठमाण्डु, ७ असोज – साहना प्रधानको निधनको केहि घण्टा बित्न नपाउँदै परिवारमा अर्को बज्रपात परेको छ । साहनाका साँहिला देवर गौरीलाल श्रेष्ठका ३ वर्षीय नातिको मंगलबार छतबाट खसेर मृत्यु भएको हो । एमाले नेतृ प्रधानको सोमबार अबेर निधन भएको थियो । उनको निधनभएपछि परिवारका...
काठमाण्डु, ७ असोज – नेपाली काँग्रेस नेता आनन्दप्रसाद ढुंगानाले नन्दप्रसाद अधिकारी दम्पत्तिको न्याय माग्ने तरिका गलत भएको टिप्पणी गरेका छ्न् । रफत संचार क्लबले आयोजना गरेको अन्तर क्रियामा नेता ढुंगानाले कानुन र विधीको विश्वास नगरी आफूलाई प्रताडित गरेकाले नै अधिकारीको निधन भएको बताए ।...
महोत्तरी, ७ असोज– महोत्तरीको बर्दिवासमा दुईवटा मोटरसाइक एकआपसमा ठोक्किँदा एक प्रहरी जवानको मृत्यु भएको छ । दुर्घटनामा धनुषा तुलसी–५ घर भई इलाका प्रहरी कार्यालय बर्दिबासमा कार्यरत ३० वर्षीय यादव थापाको मृत्यु भएको हो । बर्दिबासबाट गौरीबासतिर जाँदै गरेका थापा सवार बा ६२ प ११८...
काठमाण्डु, ७ असोज– राष्ट्रिय मानवअधिकार आयोगले छोराका हत्यारामाथि कारबाहीको माग गर्दै अनसन बस्दै आएकी गोरखा फुजेलकी गंगामाया अधिकारीको स्वास्थ्य अवस्थाबारे गम्भीर हुन सरकारको ध्यानाकर्षण गराएको छ । आयोगले मंगबालर एक विज्ञप्ति जारी गर्दै गंगामायाको जीवन रक्षाका लागि तत्काल ठोस कदम चाल्न सरकारलाई भनेको छ...
गुल्मी, ७ असोज– गुल्मीमा एक १० वर्षीय बालकले १५ वर्षीया किशोरीको बलात्कार गरेका छन् । जिल्लाको पौदीअमराई गाविसका विक थरका एक बालकले सोही थरकी किशोरीको बलात्कार गरेका हुन् । प्रहरीले घटना गत असोज ३ गते साँझको भएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका...
काठमाण्डु, ७ असोज– अमेरिका पुगेका प्रधानमन्त्री सुशील कोइरालाले फलोअप चेकअप गराएका छन् । कोइरालाले न्यूयोर्क स्थित मेमोरियल स्लोन केटरिङ क्यान्सर अस्पतालमा फलोअप चेकअप गराएका हुन् । यसअघि गत असारमा उनले सोही अस्पतालमा फोक्सोको क्यानसरको उपचार गराएका थिए । कोइरालाले डा। मञ्जित बैन्सले उनको रगत...
महोत्तरी, ७ असोज– भारत बिहारको मजफ्पुर नजिक गाँउमा एक महिला बलात्कृत भएकी छन् । पति र काखे छोरासहित भाडाको घरमा बस्दै आएकी उनलाई राति मादक पदार्थ सेवन गरेका जियालाल यादवले जर्बजस्ती गरेको प्रहरीले जनाएको छ । स्थानीय प्रहरीका अनुसार सुर्खेत विद्यापुर गाँउका नेपाली दम्पत्ति...
काठमाण्डु, ७ असोज– एमाले वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री सुशील कोइराला फर्केपछि वर्तमान मन्त्रिपरिषद्मा पुनः हेरफेर हुने संकेत गरेका छन् । पार्टीका दुई मन्त्री फिर्ता बोलाएको विषयमा विवाद चलिरहेका बेला वरिष्ठ नेता खनालले पुनः हेरफेर हुने संकेत गरेका हुन् । श्रीलंकामा सम्पन्न एसियाली राजनीतिक...