भारतमा नेपाली महिला बलात्कृत

काठमाण्डु टुडे २०७१ असोज ७ गते २:४७ मा प्रकाशित

महोत्तरी, ७ असोज– भारत बिहारको मजफ्पुर नजिक गाँउमा एक महिला बलात्कृत भएकी छन् ।
पति र काखे छोरासहित भाडाको घरमा बस्दै आएकी उनलाई राति मादक पदार्थ सेवन गरेका जियालाल यादवले जर्बजस्ती गरेको प्रहरीले जनाएको छ ।

स्थानीय प्रहरीका अनुसार सुर्खेत विद्यापुर गाँउका नेपाली दम्पत्ति देबरियामा बस्दै आएका थिए । लामो समयदेखि रात्रि प्रहरीको पेसा गर्दै आएका उनका पति काममा गएका बेला शुक्रबार घटना भएको हो ।

गर्मीका कारण ढोका खुल्लै रहेको मौका छोपेर महतोले काखे नानीलाई नियन्त्रणमा लिई हत्याको धम्की समेत दिएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us