काठमाण्डू, १४ असार– सत्ता घटक दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद केपी खनालले लम्कीचुहा अस्पतालको स्तरोन्नति र सञ्चालनमा भइरहेको ढिलाइप्रति भएकोप्रति सरकारको ध्यानाकर्षण गराएका छन् ।
आज (आइतबार) बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै मन्त्रिपरिषद्को २०८२ जेठ २६ गतेको निर्णयअनुसार लम्कीचुहा अस्पताललाई १५ शय्याबाट ५० शय्यामा स्तरोन्नति गरी प्रादेशिक अस्पतालका रूपमा सञ्चालन गर्ने स्वीकृति दिइए पनि हालसम्म कार्यान्वयन हुन नसकेको पनि उनले बताए ।
नगरपालिका र प्रदेश सरकारबीचको विवादका कारण स्थानीय नागरिकले स्वास्थ्य सेवा पाउन कठिनाइ भोगिरहेको बताए । सर्वोच्च अदालतले अस्पताल सञ्चालनमा अवरोध नगर्न अन्तरिम आदेश दिँदासमेत अवस्था नबदलिएको बताए ।
उनले भने, ‘प्रतिपक्ष बेन्चमा बसेको कांग्रेस सदनमा पटक–पटक सरकारले यो गरेन, त्यो गरेन भन्दै उठ्नुहुन्छ तपाईँहरूकै सरकारमा बनेको स्थानीय सरकार र प्रदेश सरकारले लम्कीचुहा अस्पताल लम्कीचुहा प्रदेश अस्पतालमाथि गरेको अन्यायलाई तपाईँहरूले कहिलेसम्म सदनमा बोल्नुहुन्छरु तपाईँहरू सधैँ सरकारले यो गरेन, त्यो गरेन भन्नुहुन्छ ।
तपाईँहरूकै सरकारमा बसेको स्थानीय सरकारले काम गर्ने कर्मचारीमाथि गालीगलौज गर्दा कहाँ छ कांग्रेस ? म यहाँबाट खोज्न चाहन्छु।’ उनले अस्पतालका कर्मचारीले समयमै तलब नपाएको, स्थानीय सरकारबाट कर्मचारीमाथि गालीगलौज भएको विषय सामाजिक सञ्जालमा सार्वजनिक भएको पनि बताएका छन ।