काठमाण्डू, १४ असार– पूर्वराष्ट्रपति विद्या भण्डारीको प्रमुख आतिथ्यमा शीर्ष कम्युनिस्ट नेता एउटै मञ्चमा उभिएका छन । आज (आइतबार) जननेता मदन भण्डारीको ७५ औँ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी ओली र नेकपाका सहसंयोजक माधव नेपालसहित शीर्ष नेताहरू एकै मञ्चमा देखिएका हुन् ।
कार्यक्रममा नेकपाका सहसंयोजक माधव नेपाल, झलनाथ खनाल पनि सहभागी छन् । राष्ट्रिय सभागृहमा जारी कार्यक्रममा मदन भण्डारी फाउण्डेशन राष्ट्रिय पुरस्कार लेखक रमेश रुछेन राईलाई प्रदान गरियो । सो पुरस्कार राशी दुई लाख रहेको जनाइएको छ। कार्यक्रममा मदन भण्डारीबारे लेखिएको पुस्तक पनि विमोचन गरिएको छ ।
फागुन २१ को प्रतिनिधि सभाको निर्वाचनमा धक्का खाएका कम्युनिस्ट सहकार्यको लागि मदन भण्डारी फाउण्डेशन साझा मञ्च बनेको छ।