१० वर्षीय बालकले गरे १५ वर्षकी किशोरीलाई बलात्कार

काठमाण्डु टुडे २०७१ असोज ७ गते ४:१९ मा प्रकाशित

गुल्मी, ७ असोज– गुल्मीमा एक १० वर्षीय बालकले १५ वर्षीया किशोरीको बलात्कार गरेका छन् ।
जिल्लाको पौदीअमराई गाविसका विक थरका एक बालकले सोही थरकी किशोरीको बलात्कार गरेका हुन् । प्रहरीले घटना गत असोज ३ गते साँझको भएको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका निरीक्षक अम्बिकाप्रसाद गुप्ताले साँझ करिब ८ बजेको समयमा बालकले खेतमा लडाएर किशोरी बलात्कार गरेको बताए ।

किशोरीको उजुरीका आधारमा पक्राउ परेका बालकले आफू र आफ्नो साथी मिलेर बलात्कार गरेको स्वीकारेका छन् । प्रहरीका अनुसार पौदी अमराई–१ अरेवाका १७ वर्षीय खिमबहादुर बलामी र ती बालक मिलेर किशोरी बलात्कार गरेका थिए ।

बलात्कारमा संलग्न ती दुवैले मदिरा सेवन गरेको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ । जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएका उनीहरुविरुद्ध कलात्कार अभियोगमा मुद्धा दायर गरेको छ । यसैबीच बलात्कृत किशोरीको स्वास्थ्य अवस्था बिग्रिएको छ ।

बाबु दोश्रो विवाह गरेर फरार भएपछि आमाले मजदुरी गरेर किशोरीलाई पाल्दै आएकी थिइन् । बलात्कृत किशोरीको उपचारका लागि गाउँलेले चन्दा संकलन गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us