नन्दप्रसादले संसार छाडेकै दिन सीके राउत किन बसे हिरासतमै अनसन ?

काठमाण्डु टुडे २०७१ असोज ७ गते १२:०७ मा प्रकाशित

काठमाण्डु,  ७ असोज– मुलुक टुक्र्याउने गतिविधिमा संलग्न रहेको आरोपमा पक्राउ परेका सीके राउत आमरण अनसनमा बसेका छन् ।
ck rautआफूलाई नि:सर्त रिहाइको माग गर्दै सीके हिरासतमै अनसन बसेका हुन् ।

संयोग यस्तो परेको छ कि छोराका हत्यारामाथि कारबाहीको माग गर्दै वीर अस्पतालमा आमरण अनसन बसेका गोरखा फुजेलका नन्दप्रसाद अधिकारीको निधन भएकै दिन सीकेले अनसन थालेका छन् ।

तराईलाई मुलुकबाट अलग गर्नुपर्ने पृथकतावादी अभियान सञ्चालन गर्दै आएका सीके गत २८ भदौमा मोरङको रंगेलीमा पक्राउ परेका थिए । उनलाई काठमाण्डु ल्याइएको छ । उनलाई रिहाइको माग गर्दै दायर बन्द प्रत्यक्षीकरणको रिट सर्वोच्चमा विचाराधिन छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us