समाचार

केटाहरु विदेश गएपछि उच्च शिक्षा लिनेमा छात्रा बढी

२०७१ असोज ९ गते २:२९

काठमाण्डु, ९ असोज– उच्च शिक्षामा औसतमा छात्रासंख्या छात्रको भन्दा धेरै छ । सामाजिक चेतना विकास, वैदेशिक रोजगारीमा युवा पलायन र गाउँमा क्याम्पस खुल्नुले छात्रा संख्या धेरै भएको समाजशास्त्रीहरुको विश्लेषण छ । त्रिभुवन विश्वविद्यालयले ०७० र ७१ मा आफ्नो सम्बन्धनप्राप्त क्याम्पसहरुमा पढ्नेमध्ये छात्राको संख्या धेरै...

गंगामायाको शरीरमा हाड र छाला मात्र बाँकी

२०७१ असोज ९ गते २:१७

काठमाण्डु, ९ असोज– वीर अस्पतालको पूरानो आर्इसीयु कक्षको बेड नम्बर १८ मा पुग्दा गोरखाकी गंगामाया अधिकारी बेडमा लडिरहेकी थिइन् । ११ महिनादेखि अन्नपानी नखार्इ अनसन बसेकी ५३ वर्षीया गंगामायाको शरीरमा हाड र छाला मात्र बाँकी छ ।  शरीरमा चोली अडिने समेत ठाउँ थिएन ।...

यस्तो छ तस्करहरुले नेपालीलाई अमेरिका लैजाने नयाँ अवैध रुट

२०७१ असोज ९ गते २:०९

काठमाण्डु, ९ असोज– मोटो रकम लिएर नेपालीलाई अवैध रुपमा अमेरिका पुर्‍याउने मानव तस्कर गिरोहले आफ्नो रुट परिवर्तन गरेको पाइएको छ । अन्तर्राष्ट्रिय सञ्जालका रुपमा फैलिएको उक्त गिरोहले यसअघि काठमाण्डुबाट कतार र ल्याटिन अमेरिकी राष्ट्र हुँदै अमेरिका छिराउने गरेको थियो । अहिले भने भारत र...

काँग्रेसमा निलम्बित नेताको लस्कर

२०७१ असोज ९ गते १:५४

काठमाण्डु, ९ असोज– संविधानसभा निर्वाचनमा आफ्नै पार्टीका उम्मेदवारलाई हराउन भूमिका खेलेको भन्दै कांग्रेसले एक सय ८३ नेतालाई कारबाही गरेको छ । कारबाहीमा पर्नेमा केन्द्रीय सदस्य, बहालबाला मन्त्री, पूर्वमन्त्रीदेखि क्षेत्रीय सभापतिसम्म छन् । अनुशासन समितिले ४९ जिल्लाका ८६ निर्वाचन क्षेत्रका पाँच सय २१ नेताविरुद्द परेको...

प्रचण्ड बन्ने भए उच्चस्तरीय समितिको संयोजक

२०७१ असोज ९ गते १:४७

काठमाण्डु, ९ असोज– लामो समयदेखि विवादस्पद बनेको उच्चस्तरीय राजनीतिक समिति गठन गर्न दलहरुबीच सहमति भएको छ । एमाओवादी अध्यक्ष प्रचण्डलाई समितिको संयोजक बनाउन सत्तासीन कांग्रेस–एमाले बुधबार राजी भएपछि विवाद टुंगिएको हो । एमालेका एक नेताका अनुसार समितिको म्याद ६ महिनामात्र राख्न र त्यसको कार्यक्षेत्र...

मैले सभापति लड्छु भनेदेखि नै काँतरहरुले कारवाहीको तानाबाना बुने : कोइराला

२०७१ असोज ८ गते १३:२०

काठमाण्डु, ८ असोज – नेपाली काँग्रेसकी नेतृ सुजाता कोइरालाले आफूमाथि अनुशासनको कारवाही गरेर ‘ह्यूमिलेट’ गरेको बताएकी छन् । कोइरालाले आफू पार्टी सभापतिमा लड्छु भन्ने घोषणा गरेकै दिनदेखि आफुमाथी कारवाही गर्ने योजना बनाएको उल्लेख गरिन् । कोइरालाले भनिन् , ‘जुन दिन मैले पार्टी सभापतिमा निर्वाचन...

सीके राउतलाई छाड्न माग गर्दै दायर रिट खारेज

२०७१ असोज ८ गते १२:५४

काठमाण्डु, ८ असाेज –  राष्ट्रिय अखण्डताविरोधी अभियानमा लागेका सप्तरीका सीके राउतलाई छाड्न माग गर्दै दायर बन्दिप्रत्यक्षीकरण रिट सर्वोच्च अदालतले खारेज गरेको छ । न्यायाधीशद्वय सुशीला कार्की र गोविन्द उपाध्यायको इजलासले विशेष अदालत काठमाण्डुबाट म्याद थप भएको र वैद्यता पनि सोही अदालतबाट हुने भन्दै बन्दिप्रत्यक्षीकरण...

मानवअधिकार उच्चायुक्त कार्यालयले भन्यो, ‘नन्दप्रसादको निधन सरकारको उदासिनताको परिणाम’

२०७१ असोज ८ गते १२:४२

काठमाण्डु, ८ असोज – संयुक्त राष्ट्र संघ मानवअधिकार उच्चायुक्त कार्यालयले  नन्दप्रसाद अधिकारीको मृत्युप्रति गहिरो दु:ख व्यक्त गरेको छ । नन्दप्रसाद अधिकारीको आफ्नो छोरा कृष्णप्रसाद अधिकारीको ज्यान लिनेलाई कानुनी कारवाहीको कठघरामा उभ्याउनुपर्ने माग राखी ११ महिनादेखि भोक हडताल गरिरहेको अवस्थामा वीर अस्पतालमा मृत्यु भएको हो...

४ डीअाइजीलाई एअाइजीमा बढुवा गर्न सर्वाेच्चकाे अादेश

२०७१ असोज ८ गते ११:२९

काठमाण्डु, ८ असाेज –  सर्वोच्च अदालतले बढुवा नगरेका डीआईजीहरुलाई  बढुवा गर्न परमादेश जारी गरेकाे छ । न्यायाधीश दीपकराज जोशी र ओमप्रकाश मिश्रको इजलासले यादव अधिकारी, परशुराम खत्री, सुशीलवर सिंह थापा र विश्वराज सिंह शाहीलाई एआईजीमा बढुवा गर्न सरकारको नाममा परमादेश जारी गरेको हो ।  ९...

लोकमानविरुद्धकाे रिट सर्वोच्चद्धारा खारेज

२०७१ असोज ८ गते ११:१९

काठमाण्डु, ८ असाेज –   अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्धकाे रिट खारेज भएकाे छ ।   अख्तियारमा नियुक्त नगर्न माग गर्दै अधिवक्ता ओमप्रकाश अर्यालले  दायर गरेको रिट सर्वोच्च अदालतले बुधबार खारेज गरेको हाे।  गोपाल पराजुली र ओमप्रकाश मिश्रको इजलासले लोकमानसिंह कार्कीबिरुद्धको रिट खारेज...

सरकारको लाचारीले अधिकारीको ज्यान गएको मानवअधिकारकर्मीको आरोप

२०७१ असोज ८ गते १०:४३

काठमाण्डु, ८ असोज – मानव अधिकारकर्मीहरुले छोराको हत्यारामाथी कारवाहीको माग राखी आमरण अनसनमा बसेका अधिकारी दम्पतीको सरकारले उचित सम्वोधन गर्न नसकेका कारण नन्दप्रसाद अधिकारीको मृत्य भएको आरोेप लगाएका छन् । बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै मानअधिकारकर्मीहरुले न्यायको माग गरिरहेका निर्दोष नागरीकको मृत्यु...

छुट्टै आमसञ्चार विश्वविद्यालयको माग

२०७१ असोज ८ गते १०:४०

काठमाण्डु, ८ असोज – सूचना तथा सञ्चारमन्त्री डा. मिनेन्द्र रिजालले नेपालमा आमसञ्चार तथा पत्रकारिताको लागि छुट्टै विश्वविद्यालय बनाउन सरकारले पहल गर्ने विश्वास व्यक्त गरेका छन् । बुधबार रिपोर्टर्स क्लब नेपाल र कलेज अफ जर्नालिज्म एण्ड मास कम्यूनिकेशनद्धारा संयूक्त रुपमा आयोजित नेपालमा किन छुट्टै सञ्चार विश्वविद्यालय...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us