सीके राउतलाई छाड्न माग गर्दै दायर रिट खारेज

काठमाण्डु टुडे २०७१ असोज ८ गते १२:५४ मा प्रकाशित

काठमाण्डु, ८ असाेज –  राष्ट्रिय अखण्डताविरोधी अभियानमा लागेका सप्तरीका सीके राउतलाई छाड्न माग गर्दै दायर बन्दिप्रत्यक्षीकरण रिट सर्वोच्च अदालतले खारेज गरेको छ ।

ck rautन्यायाधीशद्वय सुशीला कार्की र गोविन्द उपाध्यायको इजलासले विशेष अदालत काठमाण्डुबाट म्याद थप भएको र वैद्यता पनि सोही अदालतबाट हुने भन्दै बन्दिप्रत्यक्षीकरण रिट खारेज गरेको हो ।

सर्वोच्चले निवेदकले चिकित्सकबाट उपचारको माग गरेको हकमा निजी खर्चमा उनले रोजेको चिकित्सक तथा अस्पतालमा उपचारको व्यवस्था गराउन सरकारको नाममा आदेश गरेको छ ।

मोरङको रंगेलीमा एउटा सभाबाट फर्कने क्रममा १० दिनअघि स१च १५४ नम्बरको कारमा रहेका राउतलाई प्रहरीले पक्राउ गरेको थियो । उनीविरुद्ध सार्वजनिक अपराधको मुद्दा लगाइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us