केटाहरु विदेश गएपछि उच्च शिक्षा लिनेमा छात्रा बढी

काठमाण्डु टुडे २०७१ असोज ९ गते २:२९ मा प्रकाशित

काठमाण्डु, ९ असोज– उच्च शिक्षामा औसतमा छात्रासंख्या छात्रको भन्दा धेरै छ ।
सामाजिक चेतना विकास, वैदेशिक रोजगारीमा युवा पलायन र गाउँमा क्याम्पस खुल्नुले छात्रा संख्या धेरै भएको समाजशास्त्रीहरुको विश्लेषण छ ।

त्रिभुवन विश्वविद्यालयले ०७० र ७१ मा आफ्नो सम्बन्धनप्राप्त क्याम्पसहरुमा पढ्नेमध्ये छात्राको संख्या धेरै रहेको  छ । त्रिविको सम्बन्धनप्राप्त क्याम्पस देशभरमा हजारको हाराहारीमा छन् ।

त्रिविको सम्बन्धनप्राप्त क्याम्पसमा दुई लाख ५७ हजार दुई सय विद्यार्थी छन् । यसमध्ये छात्रा संख्या एक लाख ३७ हजार ११ र छात्रसंख्या एक लाख २० हजार एक सय ८९ छ ।

त्रिविको समाजशास्त्र मानशास्त्र केन्द्रीय विभाग प्रमुख प्रा ओम गुरुङले छोरीलाई पनि पढाउनुपर्छ भन्ने सामाजिक चेतना विकास तथा छोराहरु रोजगारीमा विदेशिएकाले उच्च शिक्षामा छाबा बढी भएको बताए ।

उच्च शिक्षापछि बिहे गर्ने र धेरै पढेकी केटी  खोज्ने प्रवृत्ति रहेकाले पनि छात्राको संख्या बढेको उनको भनाइ छ । ‘कामको खोजीमा विदेशिने क्रम बढ्दै गएकाले गाउँमा युवा भेटिंदैनन्, सक्ेसम्म आठ–नौ कक्षा पढ्दादेखि नै युवा विदेश जाने तरखर गरेका हुन्छन्’, गुरुङले भने, ‘अहिले नपढेको केटाले पनि पढेकी केटी बिहे गर्न खोज्छ, त्यसैले पनि केटीहरु पढ्न बाध्य भए ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us