मानवअधिकार उच्चायुक्त कार्यालयले भन्यो, ‘नन्दप्रसादको निधन सरकारको उदासिनताको परिणाम’

काठमाण्डु टुडे २०७१ असोज ८ गते १२:४२ मा प्रकाशित

काठमाण्डु, ८ असोज – संयुक्त राष्ट्र संघ मानवअधिकार उच्चायुक्त कार्यालयले  नन्दप्रसाद अधिकारीको मृत्युप्रति गहिरो दु:ख व्यक्त गरेको छ ।

ohchrनन्दप्रसाद अधिकारीको आफ्नो छोरा कृष्णप्रसाद अधिकारीको ज्यान लिनेलाई कानुनी कारवाहीको कठघरामा उभ्याउनुपर्ने माग राखी ११ महिनादेखि भोक हडताल गरिरहेको अवस्थामा वीर अस्पतालमा मृत्यु भएको हो ।

नन्दप्रसाद अधिकारी र उनकी श्रीमतीको आन्दोनले निम्त्याएको यो परिणति द्वन्द्वका पीडितहरुको न्याय मागप्रतिको उदासीनता देखाएको छ, उच्चायुक्त कार्यालयका एशिया प्रशान्त खण्डका प्रमुख रोरी मुंगोभेनले भने।

गत वर्ष सरकारले प्रतिबद्धता जनाएअनुसा नेपाली अधिकारीहरुले कृष्णप्रसाद अधिकारीको हत्याको छानबिन गर्नुपर्छ र हत्यारालाई न्यायिक कठघरामा ल्याउन कुनै राजनीतिक प्रभावबिना सबै सम्भव कदम चाल्नुपर्छ, मुंगोभेनले भने।

अधिकारीकी पत्नी गंगामायाको खस्कँदो स्वास्थ्यको कारणले यो झनै तत्काल सम्बोधन गर्नुपर्ने विषय बनेकोसमेत उच्चायुक्त कार्यालयले जनाएको छ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us