काँग्रेसमा निलम्बित नेताको लस्कर

काठमाण्डु टुडे २०७१ असोज ९ गते १:५४ मा प्रकाशित

NC-Flagकाठमाण्डु, ९ असोज– संविधानसभा निर्वाचनमा आफ्नै पार्टीका उम्मेदवारलाई हराउन भूमिका खेलेको भन्दै कांग्रेसले एक सय ८३ नेतालाई कारबाही गरेको छ ।
कारबाहीमा पर्नेमा केन्द्रीय सदस्य, बहालबाला मन्त्री, पूर्वमन्त्रीदेखि क्षेत्रीय सभापतिसम्म छन् ।
अनुशासन समितिले ४९ जिल्लाका ८६ निर्वाचन क्षेत्रका पाँच सय २१ नेताविरुद्द परेको उजुरीमाथि छानबिन गरेकामा एक ८३ जनालाई कारबाहीको सिफारिस गरेको थियो ।

कारबाहीमा पर्नेमा विदेश विभाग प्रमुख सुजाता कोइराला, सभासद् गणेशप्रसाद विमली, पूर्वमन्त्री सुशीला स्वाँर, विपी संग्राहालयका अध्यक्ष पर्शुराम पोखरेलसहित छन् ।

८४ जनालाई तीनदेखि ६ महिनाको कारबाही गरिएको छ भने २३ जनालाई एक वर्ष सदस्य नरहने गरी निष्काशन गरिएको छ । यस्तै १२ जनाबीच मेलमिलाप भएको थियो भने अन्यलाई सचेत गराइएको छ ।
नयाँ पत्रिकाबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us