काठमाण्डु, ८ असोज – नेपाली काँग्रेसकी नेतृ सुजाता कोइरालाले आफूमाथि अनुशासनको कारवाही गरेर ‘ह्यूमिलेट’ गरेको बताएकी छन् । कोइरालाले आफू पार्टी सभापतिमा लड्छु भन्ने घोषणा गरेकै दिनदेखि आफुमाथी कारवाही गर्ने योजना बनाएको उल्लेख गरिन् । कोइरालाले भनिन् , ‘जुन दिन मैले पार्टी सभापतिमा निर्वाचन लड्छु भनेर घोषणा गरेको थिए । त्यसपछि यो कारवाही भएको हो ।’
आफूमाथी र अन्य कयौं साथीहरुलाई गरिएको कारवाही पार्टीको लागि पनि दुर्भाग्य भएको नेतृ कोईरालाको भनाई रहेको छ । आमोदप्रसाद उपाध्यायलाई हराउन आफू नलागेको नेतृ कोईरालाले प्रष्ट पारिन् । कांग्रेस बाहेकका उम्मेदवारलाई हटाउन खटिइयो होला तर कसैले आफ्नै पार्टीका उम्मेदबार हराउन लाग्छ ? कोईरालाले सोधिन् ।
जितेको भए आफ्नै कारणले जितेको हार्दा अरुले गर्दा हारेको भनेर पन्छिन कसैले मिल्दैन् । अनावश्यक विषयलाई लिएर आफूमाथी कारवाही गरीनु मेरो उम्मेदवारीबाट तर्सीएकाहरुको षड्यन्त्र रहेको कोईरालाको आरोप छ । मलाई भन्न कुनै हिचकिच छैन आमोद उपाध्यायले आफ्नै कारणले हारेका हुन ।
जनतासामु उपाध्याय एकदमै अलोकप्रिय मानिस भएकाले जनताले हराएका हुन् कोईरालाले ठोकुवा गरिन् । उनले भनिन् ,‘पञ्चायती ब्यवस्थालाई समर्थन गरेको ब्यक्तिले कांग्रेस सक्ने काम गरेको खै कसले बुझेको छ ?’ गिरिजाबाबुलाई पनि बारम्बार गाली गर्ने र पद लिएर बस्ने, आमोदप्रसाद उपाध्यायलाई एक सय ८३ जनालाई कारवाही गर्ने यस्तो शक्ति कहाँबाट आएको छ यो कुराको पत्ता लाग्नु पर्छ । नेतृ कोईरालाले आफुहरु यस्ता व्यक्तिलाई छाड्ने पक्षमा नरहेको पनि बताइन् ।
‘कारवाही गर्ने बिषयमा सुशील कोइरालाले पनि समर्थन गरेको भन्ने बुझीएको छ’ कोईरालाले भनिन् , ‘यस्तो भए सुशील कोइरालाको पनि अवस्था राम्रो रहन्छ मलाई लाग्दैन । ’ कोईरालाले आमोद उपाध्यायले एक्लैले कारवाही गर्न सक्ने मान्छे नभएको भन्दै केहि नेताहरुको प्रोत्साहनबाट आफुहरुलाई कारवाही गर्ने योजना बुनेको बताइन् । उनले कारवाहीको लेखाजोखा चाडै हुने पनि दावी गरिन् ।