४ डीअाइजीलाई एअाइजीमा बढुवा गर्न सर्वाेच्चकाे अादेश

काठमाण्डु टुडे २०७१ असोज ८ गते ११:२९ मा प्रकाशित

काठमाण्डु, ८ असाेज –  सर्वोच्च अदालतले बढुवा नगरेका डीआईजीहरुलाई  बढुवा गर्न परमादेश जारी गरेकाे छ ।

न्यायाधीश दीपकराज जोशी र ओमप्रकाश मिश्रको इजलासले यादव अधिकारी, परशुराम खत्री, सुशीलवर सिंह थापा र विश्वराज सिंह शाहीलाई एआईजीमा बढुवा गर्न सरकारको नाममा परमादेश जारी गरेको हो ।

 ९ जना डीआईजीको बढुवा भएको साउन २९ गतेदेखि नै लागू हुने गरी चार जनाको बढुवा गर्न आदेश दिएको छ । अब प्रहरीमा १३ इआइजी हुने भएको छ ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us