दुईवटा मोटरसाइकल ठोक्किँदा प्रहरी जवानको मृत्यु

काठमाण्डु टुडे २०७१ असोज ७ गते ५:४६ मा प्रकाशित

महोत्तरी, ७ असोज– महोत्तरीको बर्दिवासमा दुईवटा मोटरसाइक एकआपसमा ठोक्किँदा एक प्रहरी जवानको मृत्यु भएको छ ।
दुर्घटनामा धनुषा तुलसी–५ घर भई इलाका प्रहरी कार्यालय बर्दिबासमा कार्यरत ३० वर्षीय यादव थापाको मृत्यु भएको हो ।

बर्दिबासबाट गौरीबासतिर जाँदै गरेका थापा सवार बा ६२ प ११८ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको ज ५ प ६३०६ नम्बरको मोटरसाइकल बर्दिबास–१ मा ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका थापाको उपचारका लागि धरान लैजाँदै गर्दा बाटैमा मृत्यु भएको इलाका प्रहरी कार्यालय बर्दिबासका निारीक्षक अशोक झाले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us