साहनाको मृत्युको घण्टा बित्न नपाउँदै परिवारमा अर्को बज्रपात

काठमाण्डु टुडे २०७१ असोज ७ गते ९:५१ मा प्रकाशित

काठमाण्डु, ७ असोज – साहना प्रधानको निधनको केहि घण्टा बित्न नपाउँदै परिवारमा अर्को बज्रपात परेको छ ।

साहनाका साँहिला देवर गौरीलाल श्रेष्ठका ३ वर्षीय नातिको मंगलबार छतबाट खसेर मृत्यु भएको हो ।

एमाले नेतृ प्रधानको सोमबार अबेर निधन भएको थियो । उनको निधनभएपछि परिवारका सदस्यहरु अस्पताल आएको समयमा मंगलबार विहान गौरीलालका नाती जेनिशको पाँच तलबाट खसेर निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

जेनिस छतबाट खसेको अबर आएलगतै साहनाका छोरा उमेश र कान्छा देवर विजयलाल श्रेष्ठ तत्काल घर गएका थिए । तर, जेनिशको निधन भइसकेको थियो ।

मंगलबार अपराहृन साहनासँगै उनका नाति जेनिशको पनि पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us