काठमाण्डु, ६ असोज– छोराका कृष्णप्रसादका हत्यारालाई कारबाहीको माग गर्दै ११ महिनादेखि अनसनरत गोरखा फुजेलका नन्दप्रसाद अधिकारीको निधन भएको छ ।
उनको वीर अस्पतालमा मंगलबार साँझ निधन भएको छ । छोराका हत्यारालाई कारबाही माग गर्दै उनी गत ८ कात्तिकदेखि श्रीमती गंगामायाका साथ अनसन बस्दै आएका थिए । गंगामायाको अवस्था पनि गम्भीर हरेको अस्पतालले जनाएको छ ।
अधिकारीको शव पोस्ट्मार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ ।