पूर्वराजा ज्ञानेन्द्र डिस्चार्ज

काठमाण्डु टुडे २०७१ असोज ६ गते ४:२८ मा प्रकाशित

काठमाण्डु, ६ असोज– हृदयघात भएपछि अस्पताल भर्ना भएका पूर्वराजा ज्ञानेन्द्र शाह डिस्चार्ज भएका छन् ।
ganendraस्वास्थ्यमा सुधार देखिएपछि ज्ञानेन्द्रलाई आज डिस्चार्ज गरिएकाे हाे । हृदयघात भएपछि ६७ वर्षीय शाहलाई शनिबार राति नर्भिक अस्पताल भर्ना गरिएको थियो ।

पूर्वराजा शाह हिंडडुल र कुराकानी गर्न सक्ने भएको उपचारमा संलग्न डा. भरत रावले बताए । चिकित्सकले ज्ञानेन्द्रलाई खानपानमा ध्यान दिन र नियमित व्यायाम गर्न सुझाएका छन् ।  चिकित्सकले एन्जिओ प्लाष्टीमार्फत ज्ञानेन्द्रको मुटुको अवरुद्ध रक्तनली खुलाएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us